शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नागढुंगा-सिस्नेखोला सुरुङमार्ग : धादिङतर्फ मुआब्जा वितरण जारी, काठमाडौंतर्फ ४ अर्ब २० करोड वितरण

नागढुंगा-सिस्नेखोला सुरुङमार्ग : धादिङतर्फ मुआब्जा वितरण जारी, काठमाडौंतर्फ ४ अर्ब २० करोड वितरण

  • 4.2K
    SHARES
  • काठमाडौँ । नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले शुक्रबारबाट नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा पर्ने धादिङतर्फको जग्गाको मुआब्जा वितरण सुरु गरिएको जनाएको छ । आयोजनाले निवेदन दिने सबैलाई मुआब्जा वितरण गर्दै जाने आयोजना प्रमुख श्यामप्रसाद खरेलको भनाई छ । १०९ रोपनीमध्ये ४४ रोपनी जग्गाको मुआब्जा दिनुपर्ने हुन्छ । जसमा ४४ मध्ये झन्डै २६ रोपनी श्री ५ को वायु गुठीको नाममा छ । गुठीको नाममा रहेको जग्गाको अझै समस्या समाधान भइसकेको छैन, गुठी संस्थान ऐनअनुसार मोहीले पाउने एक तिहाइ मुआब्जा मात्र वितरण गरिएको आयोजनाले जनाएको छ । एक तिहाइ मात्र मुआब्जा दिँदा बाँकी रकम सरकारको गुठीमा जानेछ । आयोजनाले भने शतप्रतिशत मुआब्जा दिन भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सिफारिस गरी पठाएको थियो । यसबारे अहिलेसम्म निर्णय भएको छैन । उनका अनुसार स्थानीयले अहिलेलाई एक तिहाइ भए पनि मुआब्जा दिनुपर्ने माग राख्दै निवेदन दिएपछि वितरण थालिएको हो । काठमाडौंतर्फ भने जम्मा ३ सय १२ रोपनी जग्गा प्रयोग हुनेछ । १२ रोपनी भने पछि थप गर्न लागिएको हो । यो जग्गाको हकमा मन्त्रिपरिषद्बाट निर्णय हुन बाँकी छ । जसका लागि १ अर्ब चाहिनेछ । काठमाडौंतर्फ ४ अर्ब २० करोड मुआब्जा वितरण भइसकेको छ । सिस्नेखोला तर्फबाट हुने सुरुङ निर्माणको काम जापानी निर्माण कम्पनी हाज्मा एन्डोले ठेक्का लिएको हो । सुरुङमार्गको ४२ महिनाभित्र निर्माण सकिसक्नुपर्ने जनाईएको छ । २०७६ मँसिर २ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २, २०७६ सोमवार - १९:२१:३७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology