शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

उत्तराखण्डका मुख्यमन्त्रीद्धारा कालापानी भारतको हिस्सा भएको दाबी गर्दै भारतमै रहने तर्क

उत्तराखण्डका मुख्यमन्त्रीद्धारा कालापानी भारतको हिस्सा भएको दाबी गर्दै भारतमै रहने तर्क

  • 3.9K
    SHARES
  • काठमाण्डौँ । नेपाली भूमि कालापानी क्षेत्र भारतले आफ्नो नक्सामा राखेको भन्दै नेपालमा भइरहेको विरोधबारे भारतीय राजनीतिक तहबाट प्रतिक्रिया आउन थालेको छ। पछिल्लो समय सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा आयोजित एक कार्यक्रममा कालापानीबाट भारतीय सैनिक फिर्ता लैजान आग्रह गरेपछि सीमा विवादले भारतीय सञ्चारमाध्यममा प्राथमिकता पाएको थियो। उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतले प्रधानमन्त्री ओलीको उक्त आग्रहको जवाफ दिएका छन्। भारतीय पत्रिका अमर उजालासँग कुरा गर्दै उनले कालापानी क्षेत्र भारतको हिस्सा भएको दाबी गर्दै त्यो सधैँ भारतमै रहने तर्क गरेका छन्। उनले नेपालमा भइरहेको विरोध प्रदर्शनलाई चिन्ताजनक भएको बताएका छन्। उनले नेपाल यसरी विरोध गर्ने नेपालीको कार्यसंस्कृति नभएको बताए। नेपाल भारतको मित्र राष्ट्र भएकाले वार्ताबाट समस्याको हल खोजिन मुख्यमन्त्री रावतको भनाइ छ। नरेन्द्र मोदी नेतृत्वको सरकारले कालापानी क्षेत्रमा नेपाली सीमा मिचिएको कुरा अस्वीकार गर्दै आएको छ। कात्तिक २१ गते नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले नयाँ नक्साले नेपालसँगको सीमा परिवर्तन नगरेको दाबी गरेका छन्। २०७६ मँसिर ३ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ४, २०७६ बुधवार - ००:०७:३९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology