आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धुनिबेशीको भञ्ज्याङ पोखरीमा आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन

धुनिबेशीको भञ्ज्याङ पोखरीमा आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन

  • 6.1K
    SHARES
  • शिवराज आचार्य, छत्रेदेउराली । धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर १ भञ्ज्याङ पोखरीमा आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन गरीएको छ । नेपालको संविधानले व्यवस्था गरे अनुसार नागरिकले पाउनु पर्ने अधिकारलाई प्रत्याभूत दिलाउने उद्देश्वले नेपाल सरकारले आर्थिक वर्ष २०७६ को साउन बाट स्थानिय तहका वडाहरुमा आधारभूत स्स्थ्यवा केन्द्रको सुरुवात गरीएको हो । नगरप्रमुख बाल कृष्ण आचार्यले आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन गर्नु भएको छ । असारबाट धुनिबेशी नगर पालिकाले भवन र कर्मचारीको व्यवस्था गरे पछि साउन पहिलो साताबाट साविक छत्रेदेउराली गाविसको भञ्ज्याङ पोखरीमा आचारभूत स्वास्थ्य केन्द्रको सुरुवात गरीएको थियो । आज एक कार्यक्रमका विच स्वास्थ्य केन्द्र विधिबतरुपमा उत्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा बोल्नु हुर्दै जिल्ला स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा.भुवन पौडेलले स्थानिय तहहरुले नागरिकको स्वास्थ्यको विषयमा राम्रो काम गरेकाले नागरिकले स्वास्थ्य क्षेत्रमा सेवा पाउन थालेको बताउनु भयो । कार्यक्रममा बोल्नु हुदै नगर उपप्रमुख निरु खरेलले नगरका नागरिकले स्वास्थ्य सेवा पाउन बाट बन्नचीत हुनु नपर्ने गरि नगरपालिकाले काम गरि रहेको बताएका छन। सामान्य खालका रोग लाग्दा पनि काठमाडौँका विभिन्न अस्पतालहरुमा धाउनु पर्ने समस्याको अन्यत भएको बताउनु भयो । उद्घाटनकार्यक्रमको प्रमुख अतिथिका रुपमा रहनु भएका नगर प्रमुख आचार्यले केन्द्रीय सरकार र प्रदेश सरकारले बनाएको कानुनका आधारमा स्थानिय तहले त्यसै अनुसार काम गरि प्रत्यक वडामा आधारभूत स्वास्थ्य केन्द्रको सुरु गरी नागरिकलाई स्वास्थ्य सेवाको दिलाएको बताएका छन । नगरपालिकाले केहि समयमा नौ साविक तिन वटा स्वास्थ्य चौकीहरुमा एम्बुलेनस सेवा सुरु गर्ने गरी काम गरी रहेको बताएका छन । आफूहरु निर्वाचित भएर आए पछि तिन वटा स्वास्थ्य चौकीहरुमा ल्याब सेवा सुरु गरी नगरका नागरिकहरु लाई सेवा दिदै आएको बताएका छन् । कार्यक्रमका अध्यक्षता गर्नु भएका वडा अध्यक्ष चन्द्र बहादुर तामाङले वडा बाट पनि आगामी दिनमा आधारभूत स्वास्थ्य केन्द्रलाई केहि बजेट उप्लब्ध गराउने बताएका छन
    २०७६ मंसिर ०५ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :मंसिर ६, २०७६ शुक्रवार - ०२:३०:०९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology