शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको लापामा नयाँ प्रहरी चौकीको स्थापना

धादिङको लापामा नयाँ प्रहरी चौकीको स्थापना

  • 4.6K
    SHARES
  • धादिङ । धादिङको लापामा नयाँ प्रहरी चौकी स्थापना भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, रुवीभ्याली गाउँपालिकाका प्रमुख चेरोङ तामाङ, जिल्ला प्रहरी कार्यालय धादिङ प्रहरी उपरीक्षक राजकुमार बैदवारद्वारा सँयुक्त पमा रिबन काटी प्रहरी चौकीको उद्घाटन गर्नु भएको हो । नेपाल सरकार मन्त्री परिषदको निर्णय र प्रहरी प्रधान कार्यालय प्रशासन शाखाको पत्रानुसार धादिङ जिल्ला रुबिभ्याली गाउँपालिका वडा नं.५ लापामा नयाँ प्रहरी चौकी स्थापना भएको जनाईएको छ । उक्त कार्यक्रममा रुवीभ्याली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेक बहादुर नेगी‚ रुवीभ्याली गाउँपालिका उपाध्यक्ष विना लामा तामाङ‚ राष्ट्रिय अनुसन्धान विभागका उप निर्देशक मुकुन्द मरहठा‚ जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक भोलामान सिंह अधिकारी‚ जनप्रतिनिधीहरु‚ स्थानिय व्यक्तिहरु लगायतको उपस्थित रहेको थियो । र धादिङ जिल्लाको उत्तरी विकट हिमाली भेगमा रहेको उक्त प्रहरी चौकीमा प्रहरी हवल्दारको कमाण्डमा ६ जना कार्यरत छन् । २०७६ मँसिर ०५ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ६, २०७६ शुक्रवार - ०२:२७:३९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology