शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

तसर्पूमा रहेको जनभोजन कार्यक्रम लाई गण्डकी विकास बैकं द्धारा आर्थिक सहयोग

तसर्पूमा रहेको जनभोजन कार्यक्रम लाई गण्डकी विकास बैकं द्धारा आर्थिक सहयोग

  • 4.2K
    SHARES
  • शिवराज आचार्य धार्के । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ५ तसर्पू दामेचौरमा रहेको प्रेम सागर फाउन्डेशन द्धारा सञ्चालीत जनभोजन कार्यक्रमलाई गण्डकी विकास बैकं द्धारा १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । प्रेम सागरको जनभोजन कार्यक्रमको कार्यालय तसर्पू दामेचौरमा एक कार्यक्रमको विच गण्डकी विकास बैकंका सहायककार्यकारी अधिकृत तारानाथ लमसालले जनभोजा कार्यक्रमका व्यवस्थापक भोला राउत र थाक्रे गाउापालिका कार्यापालिका सदस्य रजनी लामालाई नगद १ लाख हस्तान्तरण गर्नु भएको छ । प्रेम सागर फाउन्डेशन द्धारा सञ्चालित जनभोजन कार्यक्रमले दैनिक ३ सय ७५ जना बालबालीकाहरु लाई बिहानको खाना खुवाउँदै आएको छ भने धादिङ र मकवानपुरका बिभिन्न विद्यालयका १ हजार ५ सय भन्दा बढी बिद्यार्थीहरुलाई दिवा खाजा कार्यक्रम सञ्चालन गदै आएको व्यवस्थापक राउतले बताए । जनभोजन कार्यक्रममका लागी दैनिक खाना र खाजा ब्यबस्थापन खर्च ५० हजार लाग्ने गरेको छ । दुई दिन बराबरको खानाको ब्यबस्थापन खर्च उपलब्ध गराएको फाउण्डेशन जनाएको छ । आगामी दिनमा पनि यसै गरी सहयोग गर्दै जाने बैकंले बताएको छ । २०७६ मंसिर ०५ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ६, २०७६ शुक्रवार - ०२:३४:१७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology