आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

गाउँपालिकाको सहयोगमा जनकलाई पुनःस्थापना केन्द्रमा पठाईयो

गाउँपालिकाको सहयोगमा जनकलाई पुनःस्थापना केन्द्रमा पठाईयो

  • 6.7K
    SHARES
  • धार्के । धादिङको थाक्रे गाउँपालिकाको सहयोगमा मनोरोगी समस्य भएका थाक्रे स्थायी घर भएका जनक लाई पुनःस्थापना केन्द्रमा पठाईएको छ । जनकलाई मानसिक एवं मनोसामाजिक सु स्वास्थ्यको राष्ट्रिय अभियान नेपाल र थाक्रे गाउँपालिकाको पहलमा सडकबाट उद्दार गरी मनोरोग उपचार तथा पुनःस्थापना केन्द्रमा पठाईएको छ । थाक्रे गाउँपालिकामा सञ्चालित मनोसामाजिक समस्या सम्बन्धि अभिमुखिकरण तालिम सम्पन्न भएकै अवसरमा उनलाई उद्दार गरि उपचार गर्न लगिएको गाउँपालिका अध्यक्ष राम कुमार आचार्यले बताए । जनकलाई उद्दार गरी उपचारमा पठाउने निर्णय गरेसगैँ कार्यक्रममा बोल्दै पालिकाका अध्यक्ष आचार्यले आफ्नो पालिकालाई सडक मानवमुक्त बनाउने जनाएका छन् । सबै सडक घर भएकाहरुको गाँउपालिकाले संरक्षण गर्ने उनले बताए । अभियान तथा गाउँपालिकाको पहलमा उद्दार गरिएका उनलाई हाल मनोरोग उपचार तथा पुनःस्थापना केन्द्रमा राखिएको छ । पालिकाका जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी, समाजसेवी, स्थानिय राजनीतिक दलका प्रतिनिधि लगायतका व्यक्तिहरुका लागि मनोसामाजिक समस्याका बिषयमा एक दिने अभिमुखिकरण तालिम दिइएको थियो र त्यसैबखत उनलाई उपचारका लागी पठाउने निर्णय पालिकाले गरेको उपाध्यक्ष अम्बिका रुपाखेतीले बताउनु भयो । त्यस्तै उपाध्यक्ष रुपाखेतिले लामो समय देखि जनकलाई उद्दार गर्ने आफ्नो योजना सफल भएकोले छिट्टै उनि अरुजस्तै भएर फर्किने बताईन । मानसिक एवं मनोसामाजिक सु स्वास्थ्यको राष्ट्रिय अभियानको प्राविधिक सहयोग र थाक्रे गाउँपालिकाको आयोजनामा सम्पन्न अभिमुखिकरण तालिमको सहजिकरण मनोबिद गोपाल ढकालले गरेका थिए ।
    २०७६ मंसिर ०५ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :मंसिर ६, २०७६ शुक्रवार - ०४:५८:२५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology