धादिङ । गल्छि ८ धादिङमा वृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । धर्म लोक सँस्कृती चाडपर्व हाम्रो पहिचान यिनको सँरक्षण र सँम्वद्र्धन गर्ने हाम्रो मुल अभियान भन्ने नाराका साथ बाला चतुदर्शीको अवसर पारेर यहि मँसिर ८ बजे बेलुका ७ बजेदेखी साँस्कृतिक कार्यक्रम गर्न लागिएको आयोजक मध्येको एक गल्छि साँस्कृतिक कार्यक्रम समितीका सँयोजक सन्दिप प्रसाद घिमिरेले बताउनुभयो ।
छाङ्गेश्वर महादेव तथा छाङ्गादेवी मन्दिर सँरक्षण तथा पर्यटन विकास समिती र गल्छि साँस्कृतिक कार्यक्रम समितीको सँयुक्त आयोजनामा हुन लागेको कार्यक्रममा कलाकार कमला घिमिरे र अमृत सापकोेटाको समुहको बेजोड प्रस्तुती रहने छ । यस्तै कलाकार मनोज थापा, जमुना आचार्य, उदय पौडेल, विकास घिमिरे सहित अन्य स्थानिय कलाकारहरुको पनि प्रस्तुती रहनेछ ।

छाङ्गेश्वर महिला कृषी सहकारी सँस्थार पशुपात शान्ति भुमि नेपाल सहआयोजक रहने कार्यक्रमलाई उज्यालो युवा समाजले सहयोग गरेको छ । रेडियो राजमार्ग, नागरिकपाटी डटकम लगायतका सँचार सँस्थाहरु कार्यक्रमको मिडिया सहयोगीको रुपमा रहेका छन् ।
२०७६ मँसिर ६ गते प्रकाशित