विपिन मल्ल
बैरेनी । धादिङ क्षेत्र नम्बर १ का सँघिय साँसद भुमि त्रिपाठीले राजमार्ग क्षेत्रको होटलहरु थप व्यवस्थित हुनुपर्ने बताउनुभएको छ । धादिङको गल्छि ६ बैरेनीमा फियान नेपालले आयोजना गरेको खाद्य स्वच्छता सम्बन्धि अन्तरक्रिया कार्यक्रमका बोल्दै साँसद त्रिपाठीले राजमार्गका होटल सफा र मुल्यमा पारदर्शी भएपछि मात्र राजमार्ग हुँदै यात्रा गर्ने यात्रुहरुलाई सहज हुने बताउनुभएको हो । उहाँले खाद्य अधिकार मानिसको बाँच्न पाउने अधिकार अन्तर्गत सम्बन्धित भएको भन्दै हरेक व्यक्ति सँग सम्बन्धित अधिकार आलि देखी थाली सम्म सुधार हुनु पर्ने बताउनुभयो ।
कार्यक्रममा धुनिबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले पालिका स्तरमा होटल व्यवसायलाई थप व्यवस्थित गर्न सचेतनामुलक कार्यक्रम गरिरहेको बताउनुहुँदै निजी स्तरबाट बनाईएका शौचालयले पनि राजमार्ग क्षेत्रमा केहि सहज भएको बताउनुभयो ।
कार्यक्रममा सहभागीहरुले राजमार्गका होटलहरुलाई दिगो रुपमा यात्रुमैत्री वातावरण कसरी बनाउने, धादिङको राजमार्ग करिडोरमा खाद्य स्वच्छतालाई दिगो राख्न स्थानिय सरकार र सरोकारवालाहरुको भुमिकालाई प्रर्वद्धन गर्न के गर्न सकिन्छ भन्ने विषयमा आ आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा फियान नेपालको काम, उदेश्य लगायत खाद्य तथा सम्प्रभुता सम्बन्धी ऐन २०७५ ले गरेको प्रावधान सम्बन्धी प्रस्तुती प्रस्तुत गरिएको थियो ।
२०७६ मँसिर ६ गते प्रकाशित