शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको गजुरीबाट बाघको छालासहित ६ जना पक्राउ

धादिङको गजुरीबाट बाघको छालासहित ६ जना पक्राउ

  • 5.0K
    SHARES
  • धादिङ । धादिङको गजुरीबाट प्रहरीले पाटे बाघको छालासहित ६ जना पक्राउ गरेको छ। पक्राउ पर्नेमा गजुरी गाउँपालिका वडा नं ३ बस्ने ३७ वर्षीय भाईराम प्रजा, ३४ वर्षीय राजेन्द्र तामाङ, २१ वर्षीय ज्ञानबहादुर विक, २५ वर्षीय आशिष तामाङ, बेनिघाट रोराङ गाउँपालिका वडा नं २ बस्ने ५७ वर्षीय सन्त तामाङ, बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ बस्ने २१ वर्षीय राजकुमार तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गजुरी गाउँपालिका वडा नं २ चालिसेबाट शनिबार पक्राउ परेका उनिहरुलाई आइतबार पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरिएको हो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवारले वालसिंह भन्ने ठाउँबाट राजमार्गतर्फ मोटरसाइकलमा बोकी ल्याईदै गरेको अवस्थामा पक्राउ गरिएको बताउनुभयो । उहाँले बरामद गरिएको बाघको छाला राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन बमोजिम थप अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय धादिङ पठाइने बताउनुभयो । २०७६ मँसिर ०८ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ८, २०७६ आइतवार - २२:०५:४३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology