पोखरा । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले कालापानी क्षेत्रको अतिक्रमण हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक पहल नगरेको आरोप लगाएका छन् ।
बाहिर राष्ट्रवादको नारा लगाएका शासकहरु आन्तरिक रुपमा सत्ताको डरमा लत्त्रिने गरेको उनको दाबी छ । कास्की २ का समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङको चुनावी सभामा भट्टराईले प्रधानमन्त्री ओली नक्कली राष्ट्रवादी भएको बताए ।
२०७६ मँसिर ०८ गते प्रकाशित