शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

हुम्लामा भएको टिपर दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

हुम्लामा भएको टिपर दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

  • 10.2K
    SHARES
  • काठमाडौं । हुम्लामा भएको टिपर दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । यो सँगै मृतकको संख्या ४ पुगेको छ । ११ जना घाइते छन् । नाम्खा गाउँपालिकाको सल्ली खोलाबाट नेपाल खाद्या सँस्थानको चामल ल्याएर सदरमुकाम सिमकोट आउँदै गरेको लु४ख ३२६९ नम्बरको टिपर बुधबार सिमकोट-डाँडालाग्नामा दुर्घटना भएको थियो । दुर्घटनामा नाम्खा गाउँपालिका-१ हेप्का गाउँका ४५ वर्षीय छिरिङकार्मा लामा, ३५ वर्षीय नरी लामा, खार्पुनाथ गाउँपालिका-१ प्युसका बबरजंग शाही र स्वास्थ्य कार्यालयका कार्यालय सहयोगी सिमकोट-६ का बक्त रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए । ३ जनाको घटनास्थलमै र बक्त रोकायाको उपचारका क्रममा हुम्ला जिल्ला अस्पताल सिमकोटमा मृत्यु भएको हो । घाइते हुनेहरुमा सर्केगाड-३ उनापानीका अंग फडेरा, सिमकोट-६ का खगेन्द्र रावत, रामकुमार सुनार, नरवीर सुनार, अकिल रोकाया, कमल भण्डारी, सिमकोट-७ डाडाँफायाका सन्तोष सुनार, नाम्खा गाउँपालिका-१ हेप्का नुटुप लामा, नाम्गेल तामाङ, सिउधर तामाङ र खार्पुनाथ-५ का धनसिंह सुनार रहेका छन् । दुर्घटनामा घाइतेमध्ये नाम्गेल तामाङ, सन्तोष सुनार खगेन्द्र रावत र अंग फडेरा अवस्था गम्भीर छ । चालक आनन्द तामाङसहित डिचिन तामाङ र उनकी छोरी सन्ध्या पाण्डे भने सामान्य घाइते छन् । टिपर दुर्घटनामा घाइते भएका ११ जनालाई कर्णाली प्रदेका सामाजिक विकासमन्त्री दल रावल र प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईको पहलमा उद्धार गरिएको छ । बिहीबार सदरमुकाम सिमकोटबाट ११ जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट नेपालगञ्ज पठाइएको कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिए । २०७६ मँसिर १२ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १२, २०७६ बिहिवार - २२:४५:५४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology