शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कास्की २ मा ६० प्रतिशत मतदान सम्पन्न

कास्की २ मा ६० प्रतिशत मतदान सम्पन्न

  • 3.6K
    SHARES
  • काठमाडौं । कास्कीको निर्वाचन क्षेत्र नम्बर २ मा दिउँसो साढे २ बजेसम्म ६० प्रतिशत मतदान भएको छ । उपचुनावअन्तर्गत कास्की २ मा प्रतिनिधि सभा सदस्यका लागि मतदान भैरहेको छ । रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधनपछि रिक्त रहेको कास्की २ मा उपचुनाव भएको हो । कास्की क्षेत्र २ अन्तर्गत प्रतिनिधि सभा सदस्यका लागि ३२ मतदानस्थलका ८२ केन्द्रमा मतदान चलिरहेको कास्कीका प्रमुख निर्वाचन अधिकृत महेन्द्रराज सुवेदीले जानकारी दिनुभयो । उपचुनाव भैरहेका कास्कीका ४ मतदान केन्द्र नजिक बम विस्फोट भएको छ । पोखरा महानगरपालिका नयाँबजार, बाघमारा, अर्मला र बाटुलेचौरमा बम विस्फोट भएको हो । पोखरा महानगरपालिका ९ मा रहेको नवप्रभात मावि, पोखरा महानगरपालिका ३३ को सरस्वती टीका मावि, वडा नम्बर १६ मा रहेको शान्ति मावि र बाटुलेचौरमा रहेको चण्डिका प्रावि मतदान केन्द्र नजिकै बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कास्की क्षेत्र २ मा १० स्वतन्त्रसहित २१ जना उम्मेदवार चुनावी मैदानमा छन् । कास्की २ मा ७१ हजार ८ सय ७१ मतदाता छन् । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ । अनलाइन खबर बाट
    २०७६ मंसिर १४ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १४, २०७६ शनिवार - २३:०७:४० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology