शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

विज्डम एकेडेमीमा वादविवाद प्रतियोगिता सम्पन्न

विज्डम एकेडेमीमा वादविवाद प्रतियोगिता सम्पन्न

  • 13.8K
    SHARES
  • कलंकी ,काठमाडौं । विज्डम इङ्लिस एकेडेमीले आयोजना गरेको तृतीय विज्डम अन्तर विद्यालय वादविवाद प्रतियोगितामा सीतापाइलास्थित ज्योति एकेडेमीकी छात्रा रेजिना कुँवर प्रथम भएकी छिन् । उपत्यकाका विभिन्न १६ विद्यालयदेखि आएका ३२ प्रतिस्पर्धीहरूमध्येबाट रिब्स स्कूलकी सम्प्रदा अधिकारी दितिय, हार्टल्याण्ड स्कुलका विनोद गुरुङ तृतीय एवं वेस्ट प्वाइन्ट स्कुलकी एरिका जोशी सान्त्वना स्थान ओगट्न सफल भएका छन् । ‘भविष्य निर्माणमा बुवाको भन्दा आमाको भूमिका बढी’ हुन्छ भन्ने विषयको पक्ष एवं विपक्षमा प्रतियोगी विद्यार्थीहरूले आआफ्ना तर्क वितर्क प्रस्तुत गरेका हुन् । विज्डम एकेडेमीले हरेक वर्ष आयोजना गर्दै आएको उक्त कार्यक्रमको निर्णायकमा हुनुहुन्थ्यो साहित्यकार जितु खड्का एवं पाटन बहुमुखी क्याम्पसका सहप्र अवतार सुवेदी रहनु भएको थियो। पुरस्कार विजेता विद्यार्थीहरूलाई विद्यालयका प्रिन्सिपल शिवप्रसाद अधिकारी एवं अध्यक्ष पुरुषोत्तमप्रसाद अधिकारीले ट्रफी तथा प्रमाण पत्र प्रदान गर्नुभयो । विद्यार्थीहरूमा अन्तर्निहीत सृजनशीलतालाई प्रस्फुटन गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने गरेको बताउँदै प्रिन्सिपल अधिकारीले थप्नुभयो, ‘विद्यालयले यस किसिमका कार्यक्रमहरूलाई आगामी दिनमा निरन्तरता दिइरहनेछ । प्रतियोगिता विज्डमको सभाहलमा सम्पन्न भएको कार्यक्रमका सञ्चालन संयोजक बद्रीप्रसाद अधिकारी गर्नु भएको थियो ।   २०७६ मंसिर १४ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १५, २०७६ आइतवार - ०३:१३:३८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology