काठमाडौं । कास्की २ को उपनिर्वाचनको मतगणनामा नेकपाकी उम्मेदवार विद्या भट्टराईले नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई दोब्बर मतले अग्रता लिएकी छन् ।
भट्टराईले १५ हजार ५ सय ८ मत ल्याउँदा पौडेलले ७ हजार ८ सय ७ मत ल्याएका छन् । पोखरा महानगरपालिकाको ५ वटा वडाको २५ हजार ५ सय ३३ मत गणना हुँदा समाजवादी पार्टीका धर्मराज गुरुङले ९०२, साझा पार्टीकी रजनी केसीले ३ सय ५८ र राप्रपाका रोमबहादुर भण्डारीले ३ सय ६० मत पाएका छन् । विवेकशील पार्टीकी जमुना शर्माले ३२ भोट पाएकी छन् । अहिलेसम्म पोखरा महानगरको वडा नं ३३, २१, २०, १७ र १६ को मतगणना सकिएको छ ।
२०७६ मंसिर १५ गते प्रकाशित