शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भक्तपुर १ (क) मा कांग्रेसका विजयी,नेकपालाई धक्का

भक्तपुर १ (क) मा कांग्रेसका विजयी,नेकपालाई धक्का

  • 4.4K
    SHARES
  • काठमाडौं । भक्तपुर क्षेत्र नम्बर १ (क) मा प्रदेशसभा सदस्यका लागि भएको उपचुनावमा नेपाली कांग्रेस विजयी भएको छ । उपचुनावमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेमकिपालाई पछाडि पार्दै कांग्रेसका उम्मेदवार कृष्णलाल भडेँलले १३ हजार ४४९ मत ल्याएर विजयी हुनुभएको हो । निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार डि.पि .ढकालले ११ हजार २०६ मत प्राप्त गर्नु भएको छ भने नेमकिपाका उम्मेदवार निरज लवजूले ५ हजार ८२९ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का श्यामप्रसाद नेपालले ५७४ र साझा पार्टीका सुरज प्रधानले ३८५ मत प्राप्त गरेका छन् । चाँगुनारायण नगरपालिकाको ९ वटै वडा र भक्तपुर नगरपालिकाको वडा नं। १० गरी कूल १० वटा वडामा भएको उपचुनावमा ७१।१७ प्रतिशत मत खसेको थियो । २१ हजार ९३५ पुरुष र २३ हजार ८० महिला गरी जम्मा ४५ हजार १५ मतदाता रहेको यो क्षेत्रमा १५ हजार ६६५ पुरुष र १६ हजार ३७२ महिला गरी जम्मा ३२ हजार ३७ मतदाताले मतदान गरेका थिए। २०७६ मंसिर १५ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १५, २०७६ आइतवार - २३:१०:४६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology