शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

लैङिगक हिंसा बिरुद्ध मान्खु बितलव र ग्वावारीमा सचेतना मुलक कार्यक्रम

लैङिगक हिंसा बिरुद्ध मान्खु बितलव र ग्वावारीमा सचेतना मुलक कार्यक्रम

  • 10.2K
    SHARES
  • महादेवबेशी । लैङिगक हिंसा बिरुद्धको १६ दिने अभियान अन्र्तगत बिश्व एड्स दिवशको अवसरमा सन्सरी महिला समूह, गोदावरी महिला समूह , प्रतिभा यूवा क्लवको आयोजना एबं थाक्रे गाऊँपालिका वडा नः ११ को समन्वय र यूएमएन , सस्थागत विकास सञ्जालको साझेदारीमा सिड्स धादिङको सहजिकरणमा भएको सचेतना ¥याली साथै कोणसभाको आयोजना गरियो । जुलुसमा सहभागी महिलाहरुले समान कामको असमान ज्याल, एड्स बिरुद्धको एकता, लैगिंक हिंसा र बिभेद , घरेलु हिंसा, मादक पर्दाथ सेवालाई कम गर्न साथै वाल विवाह, बहु बिबाहका बिषयमा लेखिएका प्लेटकार्ड सहितको ¥याली निकालिएको थियो । कार्यक्रमको कोणसभामा महिला मानवअधिकार पालिका सञ्जाल अध्यक्ष यशोदा विडारीले अभियानको जानकारी गराउनु भएको थियो । उक्त कार्यक्रमको अध्यक्षता वडा नः ११ वडा अध्यक्ष रबि प्रशास ओझाले गर्नु भएको कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य उर्मिला रेग्मी , सिड्स धादिङ कार्यकारी निर्देशक गोकर्ण रुपाखेती, वडा सदस्य शुक्र वहादुर तामाङ, वागवच्छला आवि प्रअ कमलमणि अर्याल, स्थानिय समाजिक अगुवा विष्णु वहादुर थापा, एकादत्त गतौला , प्रतिभा यूवा क्लवका सदस्य मधुसुदन रुपाखेती , कोषाध्यक्ष सविना आर्याल लगाएतले जुलुसको सहजिकरण गर्नु भएको कार्यक्रममा लैगिंक शसक्तिकरण परियोजना संयोजक नर्मदा अर्याल र जोखिममा रहेका वाल सूरक्षा परियोजना कार्यक्रम अधिकृत दिल वहादुर रम्तेल ले बिभिन्न बिषयमा जानकारी गराउनु भएको थियो । यस अभियान अन्र्तगत वडा नः ६ मा वडाको समन्वयमा १७ गते सेतिदेबी महिला समूहको अगुवाईमा सडक ¥यालि सहितको अन्र्तक्रिया, वडा नः ४ र सिड्सको बिभिन्न कार्यक्रम अन्र्तगत मैत्रि महिला फुटवल प्रतियोगीता , वडा नः७ मा २० गते जुगेखोला २२ गते माटीगाऊँ महिला समूह तर्फवाट सचेतना ¥याली सहति अन्र्तक्रिया गर्ने र २४ गते समूह बिचको लोकगित प्रतियोगिता सहित सांस्कृतिक कार्यक्रम र सचेतना ¥याली सहित कार्यक्रम समापन गर्ने योजना रहेकोले गाऊँपालिकामा रहेका समूहहरुलाई उक्त प्रतियोगीतामा सहभागी गराउन वडामार्फत पहल गर्ने वताईएको छ । २०७६ मंसिर १६ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १६, २०७६ सोमवार - १४:४८:३३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology