शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गजुरी गाउँपालिका द्धारा पदाधिकारीलाई तालिम दिँदै

गजुरी गाउँपालिका द्धारा पदाधिकारीलाई तालिम दिँदै

  • 4.1K
    SHARES
  • धार्के । धादिङ गजुरी गाउँपालिकाले आव ०७६ ७७ मा उपभोक्ता समितिबाट गरिने कामका लागि उपभोक्ता समिति गठन गरेको छ । उपभोक्ता समिति गठन भएलगत्तै उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्ष पदाधिकारी हरूलाई उनीहरूको काम कर्तव्य तथा जिम्मेवारीको बारेमा पढाइएको छ । उपभोक्ता समितिका पदाधिकारीलाई योजना सम्भौक्ता गर्दा आवश्यक पर्ने कागजात, बैंक खाता सञ्चालन तथा चेक प्रयोग, खर्चको बिल भरपाई राख्ने तरिका, स्टिमेट र सोअनुसारको कार्य सम्पादन, सामाजिक लेखा परीक्षण र भुक्तानी लिने तरिकाको विषयमा पढाको प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालले बताए । हिजो आइतबार भएको उपभोक्ता समितिका पदाधिकारीका लागि योजना कार्यान्वयन सम्बन्धी अभिमुखीकरणमा वडा नं। ७ र ८ का उपभोक्ता पदाधिकारीले योजना कार्यान्वयनमा पारदर्शिता र योजनाको दिगोपनामा ध्यान दिन गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले बताए । योजनाको स्टिमेटअनुसार काम गर्ने स्टिमेट परिर्वतन गर्नुपर्ने गाउँपालिकाबाट पूर्वस्वीकृत लिनुपर्ने र पदाधिकारी मात्रै होइन उपभोक्ता समितिका सदस्यलाई पनि साथमा लिएका काम गर्न पदाधिकारीलाई सुझाए । साना साना योजना निमार्णबाट सुखी गजुरीवासी समृद्ध गजुरी हुने भएकाले उपभोक्ता समितिका सबै पदाधिकारी तथा सदस्य समृद्ध गजुरी निर्माण गर्न प्रतिबद्ध भएर लाग्नुपर्ने अध्यक्ष बस्नेतले बताए । कारोवार डेल्लीबाट २०७६ मंसिर १६ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १६, २०७६ सोमवार - २३:२५:२२ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology