शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत गजुरीको महेन्द्रोदय स्कुलमा कार्यक्रम

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत गजुरीको महेन्द्रोदय स्कुलमा कार्यक्रम

  • 6.0K
    SHARES
  • गजुरी । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आज गजुरी गाउँपालिका वडा नम्बर ३को महेन्द्रोदय माध्यमिक विद्यालय राक्सिङमा जनचेतना मूलक कार्यक्रम भएको छ । विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधि तथा अन्य सरोकारवालाहरूको माझमा भएको कार्यक्रममा लैंगिक हिंसा भनेको के हो ? कसरी महिलाहरु हिंसामा पर्ने गरेका छन र यसको अन्त्यका लागी के गर्न सकिन्छ भन्न कुरा विद्यार्थी शिक्षक अभिभावकहरु लाई जानकारी गराएको गाउँपालिका उपाध्यक्ष सिता ढुङगानाले बताउनु भएको थियो । अन्य सरोकारवालाहरूलाई महिला हिँसा, हिँसाबाट बच्ने उपाय, हिँस हुन नदिने उपाय लगायतका बिबिध पक्षमा रहेर छलफल गरिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष श्री राजेन्द्र विक्रम बस्नेत र उपाध्यक्ष श्री सीता ढुङ्गाना लगायतको सहभागीता रहेको थियो । २०७६ मंसिर १६ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १७, २०७६ मंगलवार - ०१:०८:११ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology