शिवराज आचार्य
गल्छि । २८ औं अन्तराष्ट्रिय अपाङग दिवसको अबसरमा अन्तक्र्रिया सम्पन्न भएको छ । दिगो विकाशको लक्ष्य, अपाङग मैत्री भविष्य भन्ने मूल नारा रहेकोे अन्तक्र्रिया कार्यक्रममा गाउँपालिका भित्रका अपाङगता भएका नागरिकहरुको सहभागीता रहेको थियो ।

शारिरिक रुपमा विभिन्न खालका असक्तभई कुनै पनि काम सहज रुपमा गर्न नसक्नु लाई अपाङग भनिन्छ । नेपाल सरकारले अपाङग लाई १० वटा भागमा विभाजन गरेको छ । विभाजन गरे अनुसारको आधारमा राज्यले परिचय पत्र वितरण गर्दै आएको छ ।
अहिले स्थानिय तहबाट अपाङगता भएका नागरिकहरु लाई पनि चार प्रकारका परिचय पत्र वितरण गर्दै आएको छ । गल्छि गाउँपालिकाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठले सेतो छडी खोलेर उत्घाटन गर्नु भएको थियो ।

अन्तरक्रिया कार्यक्रमका सञ्चालक गाउँपालिका महिला तथा बालबालिका शाखाका प्रमुख सानुमाया भण्डारीले राज्यको निति,कानुन र निर्णयका बारेमा जानकारी गराउँनुभएको थियो । कार्यक्रममा बोल्नु हुदै २ नम्बर वडाका वडा अध्यक्ष षडानन्द खनालले अपाङगता भएका नागरिकहरु लाई सबै भन्दा ठूलो कुरा भनेको सम्मान र माया भएको बताउनु भएको छ । कार्यक्रममा बोल्नु हुदै गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठले अपाङगता भएका नागरिकहरुलाई अबसर दिएमा सपाङग नागरिकले भन्दा राम्रो काम गर्ने बताएका छन । गाउँपालिकाले यस्ता नगारिकलाई सम्बोधन गरी काम गदै अगाडी बढेको र विभिन्न किसिमका सहयोग गरिरहेको बताएका छन ।
कार्यक्रममा अभ्यक्षता गर्नु भएका गाउँपालिका उपाध्यक्ष राधा तिम्लसिनाले अपाङग नागरिकको जनभावना बुझेर काम गर्नु पर्ने बताएका छन। उक्त कार्यक्रमका विचमा अपाङग भएका नागरिकहरुलाई सेतो छडी,बैसागी र लडी वितरण गरेको छ ।
२०७६ मंसिर १७ गते प्रकाशित