शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गजुरी गाउँपालिकामा ५ दिने उद्घोषण तालिम सुरु

गजुरी गाउँपालिकामा ५ दिने उद्घोषण तालिम सुरु

  • 5.8K
    SHARES
  • धादिङ। धादिङको गजुरी गाउँपालिकामा ५ दिने उद्घोषण तालिम आज सुरु भएको छ।गाउँपालिकाको ८ वटा वडाको विभिन्न समुह र सञ्जालमा आबद्दता भएका महिला, पुरुष र किशोर किशोरीहरु लाई बोल्ने कला र क्षमता तथा नेतृत्व गर्ने सिपमा पोख्त बनाउन तालिमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले बताउनु भएको छ । तालिममा करिब ३० जनाको सहभागीता रहेको छ। ५ दिन सम्म सञ्चालन हुने तालिममा आज पहिलो दिन मानव कल्याण समाज भक्तपुर कि अध्यक्ष शुमित्रा चौलागाईं र सचिव बिजय कुमार पोख्रेल ले सहजिकरण गर्नुभएको थियोे । कार्यक्रममा गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत ,उपाध्यक्ष सीता ढुङ्गाना ,वडा नं.६ का वडा अध्यक्ष अर्जुन भुजेल ,सुचना अधिकृत बिबेक नेपाल ,महिला तथा बालबालिका शाखा प्रमुख सरस्वती सिल्वाल,कार्यपालिका सदस्य पदमकुमारि अर्याल ,महिला सञ्जाल उपाध्यक्ष चेलिमाया तामाङ लगाएको आतिथ्यता रहेको थियोे । २०७६ मंसिर १७ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १८, २०७६ बुधवार - ०३:२९:०३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology