शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

महोत्तरीमा सवरी दुर्घटना हुदै २ जनाको मृत्यु

महोत्तरीमा सवरी दुर्घटना हुदै २ जनाको मृत्यु

  • 5.1K
    SHARES
  • धादिङ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको माईस्थानमा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा डेढ दर्जन व्यक्ति घाइते भएका छन् । प्रहरीका अनुसार गढीमाई मेलाबाट फर्कंदै गरेको ना ५ च १२२७ नम्बरको पिकअप भ्यान अनियन्त्रित भएर आज बिहान ४ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाउनेहरुमा धनुषाको धनुषाधाम नगरपालिका २ बस्ने ८० वर्षीया सकुन्तलादेवी साह र भारतीय नागरिक ६५ वर्षीया बर्तनीया देवी महतो छन् । उनीहरूको बर्दिवासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचारको क्रममा ज्यान गएको महोत्तरी प्रहरीले जनाएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते भएकालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको छ । २०७६ मंसिर १८ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १८, २०७६ बुधवार - २१:२५:२६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology