आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

थाक्रे ४ मा महिला मैत्रिपूर्ण फुटबल प्रतियोगीता सम्पन्न

थाक्रे ४ मा महिला मैत्रिपूर्ण फुटबल प्रतियोगीता सम्पन्न

  • 7.4K
    SHARES
  • धार्के । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत आज थाक्रे वडा नम्बर ४को आयोजना, सिड्स नेपाल धादिङ,युएमएन र संस्थागत विकास सञ्जालको समन्वयमा  थाक्रे ४ को रातमाटेर्मा एक दिने मैत्रिपूर्ण फुटबल प्रतियोगीता सम्पन्न भएको छ । बालजोखिम न्यूनिकरण,लैंगिक हिंसा विरुद्ध युवा उद्यमशिलता प्रवद्र्धन भन्ने मूल नाराका साथ  भएको एक दिने मैत्रीपूर्ण फुटबल प्रतियोगीतामा ७ टोलीको सहभागीता रहेको थियो । ७ टोलीमा आमा समुह,किश्वरी,महिला समुह र बाल क्लबका महिला सदस्यहरुको सहभागीता रहेको सिड्स नेपाल धादिङका  कार्यकारी निर्देशक गोकण रुपाखेतीले जानकारी दिनु भएको छ । एक दिने मैत्रिपूर्ण फुटबल प्रतियोगीतामा सहभागी भएका ७ टोली मध्यबाट प्रथम हुनेमा शिर्जनशिल बाल क्लब,द्धितिय हुनेमा दिवाली छाप महिला समुह,तृतिय हनुेमा लिति महाङकाल किश्वरी समुह ,सन्तवना हुनेमा शिर्जनशिल बाल समुह रहेका छन। प्रतियोगीतामा प्रथम लाई नगद २ हजार प्रमाणपत्र, द्धितिय लाई नगद १ हजार ५ सय प्रमाणपत्र वितरण गरिएको थियो भने सन्तवना हुने टोली लाई फुटबल पुरुस्कार प्रदान गरिएको सिड्स नेपालका कार्यकारी निर्देशक रुपाखेतीले बताए । मैत्रिपूर्ण एक दिने फुटबल प्रतियोगीताको रेफ्लीमा मदन भण्डारी फाउन्डेशन धादिङका सदस्य तथा फुटबल खेलाडी शुरेस थापा रहेका थिए । प्रतियोगीमा सम्पन्न भए पछि यसको उद्देश्य ,काम र अभिभानका बारेमा संस्थाका कार्यकारी निर्देशक गोकण रुपनखेतीले जानकारी दिनु भएको हो ।
    २०७६ मंसिर १८ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :मंसिर १९, २०७६ बिहिवार - ०४:०४:१९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology