शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको धुनिबेशीमा लैँगिक हिँसा विरुद्धको १६ दिने अभियान अन्तर्गत प्रशिक्षण तथा अन्तक्रिया कार्यक्रम

धादिङको धुनिबेशीमा लैँगिक हिँसा विरुद्धको १६ दिने अभियान अन्तर्गत प्रशिक्षण तथा अन्तक्रिया कार्यक्रम

  • 6.2K
    SHARES
  • खानिखोला । धादिङको धुनिबेशीमा समानताको पुस्ता बलात्कार विरुद्ध ऐक्यवद्धता विषयमा प्रशिक्षण तथा अन्तक्रिया कार्यक्रम भएको छ । लैँगिक हिँसा विरुद्धको १६ दिने अभियान अन्तर्गत धुनिबेशी नगरपालिकाको आयोजनामा उक्त कार्यक्रम भएको हो । विषयवस्तु बारे कार्यक्रममा नगरपालिकाको उपप्रमुख निरु खरेल, प्रमुख प्रशासकिय अधिकृत गोविन्द सिग्देलले समग्र नगरपालिकाको लैँगिक हिँसाको अवस्था बारे सहभागीहरुलाई जानकारी गराउनुभएको छ । यस्तै मानव अधिकार रक्षकहरुको जिल्ला सन्जाल धादिङका अध्यक्ष गायत्री खतिवडाले १६ दिने अभियानको ऐतिहासिक पक्ष, अभियानको नेपालमा सुरुवात, जिल्लामा लैँगिक हिँसाको अवस्था सँगै न्यायको पहुँचको अवस्था लगायत विषयमा सहभागीलाई प्रशिक्षण गराउनुभएको छ । यसैगरी वरिष्ठ कानुनी अधिवक्ता लक्ष्मी प्रसाद अधिकारीले लैँगिक हिँसा, घरेलु हिँसा, महिला हिँसा लगायत बलात्कार जन्य घटना र कानुनी आधार लगायतको विषयमा सहभागीलाई प्रशिक्षण गराउनुभएको छ । यस्तै ईलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख रुक बहादुर खड्काले प्रहरी कार्यालयमा आउने गरेका हिँसाको घटना, महिलाहरु हिँसामा पर्नुको कारण, समाधानको उपाय लगायतको बारेमा जानकारी गराउनुभएको छ । यस्तै कार्यक्रममा अन्य व्यक्तिहरुले पनि १६ दिने अभियान र समानताको पुस्ता बलात्कार विरुद्ध ऐक्यवद्धता विषयमा आ–आफ्नो धारणा राखेका छन् । आईतबार भएको कार्यक्रममा महिला समुह, सहकारी, बाल क्लब लगायत स्थानिय सरोकारवालाहरुको सहभागिता रहेको थियो । १६ दिने अभियानको क्रममा धुनिवेशी स्थित नगरपालिकाको सभाहलमा कार्यक्रम भएको हो । नगरपालिकाले सोमबार र मँँगलबार क्रमश साविकको जिवनपुर गाविसको कार्यालय र छत्रेदेउरालीमा कार्यक्रम गर्ने जनाएको छ । २०७६ मंसिर २२ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २३, २०७६ सोमवार - ०२:१५:०३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology