शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

विकास साझेदारहरुबाट गजुरी स्थित स्यामैडाडा खानेपानी योजनाको स्थलगत अनुगमन

विकास साझेदारहरुबाट गजुरी स्थित स्यामैडाडा खानेपानी योजनाको स्थलगत अनुगमन

  • 5.1K
    SHARES
  • धादिङ । विकास साझेदारहरुबाट स्यामैडाडा खानेपानी योजनाको स्थलगत संयुक्त अनुगमन गजुरी ६ धादिङमा सम्पन्न भएको छ । पुर्णिामा कार्यक्रम अन्तगत अक्सफाम र गजुरी गाउँपालिकाको साझेदारी प्रयास नेपालको सहयोगमा सम्पन्न भएको खानेपानी योजनाको अनुगमनमा जाईका,डिफिड, यु।एस।आई।डी।,युरोपियन युनियन,मटम्याग डोनाल्डका प्रमुख तथा प्रतिनिधिहरु , उपभोक्ता समितिका पदाधिकारीहरु एवम् स्थानीय साझेदार प्रयास नेपाल धादिङका पदाधिकारीहरुको सहभागीतामा अनुगमन सम्पन्न भएको हो । ३० घर दलित १सय ६५ घर जनजाति सहित ३ सय २६ घरका १ हजार ९ सय ४७ जनाले प्रत्यक्ष सेवा पाएको स्यामैडाँडा खानेपानी योजना ९ किलोमिटर माथिको मुहानबाट गजुरी वडा नं ४,६ र ७ का पुकुन,गेदे,साङ्कोष,रिमाल रटार,बगैँचा,थरिटोल,चपरे,सिमपानी,वाईवाङ,तिलहार,काजिटोल ,नयाँटार लगायतका ३ सय २६ घरमा घर,घरमा धारा जडान मार्फत खानेपानी सेवा उपलब्ध गराएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामजी श्रेष्ठले बताउनु भयो । हाल सबै घरको धारामा स्वच्छ खानेपानी झरेपछि गाउँलेमा खुशीयाली छाएको बताउनु भयो । खानेपानी योजना सम्पन्न पछि तिर्खामुक्त गाउँको रुपमा रहेको स्थानीय उपभोक्ताहरुको भनाइ रहेको छ । खानेपानी योजनाको दिगोपनको लागि पानी सुरक्षा योजना नै बनाएर कार्यान्वयन गरिएको उपभोक्ता समितिका सचिव दुर्गा प्रसाद न्यौपानेले बताउनु भयो । यसका साथै खानेपानीलाई दिगो रुपमा संचालन गर्न घर-घरमा मिटर जडान मार्फत खानेपानी वितरण गरिएको र मर्मत संहार कोष खडा गरि प्रत्येक महिना प्रतिघरबाट शुल्क उठाउने उक्त शुल्कबाट मर्मत संहार कार्यकर्ता नै नियुक्त गरि हेरालुको रुपमा परिचालन गरिएको उपभोक्ता समितिका सचिव दुर्गा प्रसाद न्यौपानेले बताउनु भयो । घ,घरमा खानेपानी व्यवस्थापन पछि स्वास्थ्य तथा सरसफाइमा पनि उल्लेख सुधार आउनुको साथमा महिलाहरुको कार्यबोझ समेत घटेको स्थानीय शिक्षक समेत रहेकी शिक्षिका भगवती खतिवडाले बताउनु भयो । खानेपानी खानेपानीको अलवा खेरजाने पानीको प्रयोग गरि करेसाबारी व्यवस्थापन गरि आफुलाई चाहिने ताजा तरकारी खेती गर्न थालेका कोषाध्यक्ष सरस्वती श्रेष्ठले बताउनु भयो । पानीको अभावको कारण घट्दै गरेको पशुपालन पनि खानेपानी सम्पन्न भए पश्चात् वृद्धि भएको पनि कोषाध्यक्ष श्रेष्ठले बताउनु भयो । सहयोगी संस्था प्रयास नेपाल धादिङ ,गजुरी गाउँपालिका र स्थानीय उपभोक्ताहरुको लागत समेत १ करोड ९८ लाख ५२ हजार ७ सय ३४ मा खानेपानी योजना सम्पन्न भएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिनु भयो । २०७६ मँसिर २४ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २४, २०७६ मंगलवार - १७:४५:३५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology