शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको थाक्रेमा लैँगिक हिँसा न्युनिकरण विषयमा लोक गित प्रतियोगिता, सुबेदी समुह प्रथम

धादिङको थाक्रेमा लैँगिक हिँसा न्युनिकरण विषयमा लोक गित प्रतियोगिता, सुबेदी समुह प्रथम

  • 6.8K
    SHARES
  • महादेववेशी । धादिङको थाक्रे स्थित महादेववेशीमा लैँगिक हिँसा न्युनिकरण विषयक लोक गित प्रतियोगितामा सुबेदी समुह प्रथम भएको छ । समानताको पुस्ता : बलात्कार विरुद्ध ऐक्यवद्धता भन्ने नारा सहित लैँगिक हिँसा विरुद्धको १६ दिने अभियान अन्तर्गत भएको प्रतियोगितामा सुबेदी समुहका मथुरा सुबेदी, रोजिना सुबेदी र रुपा सुबेदी प्रथम भएका हुन् । यस्तै बिना तामाङले प्रतियोगितामा दोस्रो स्थान हासिल गरेकी छिन् । यसैगरी पुतली तामाङको समुह प्रतियोगितामा तेस्रो भएको छ । यस्तै विश्वराम रेग्मीको समुहले सान्तवना स्थान हासिल गर्न सफल भएको छ । प्रतियोगितामा प्रथम, दृतिय, तृतिय र सान्तवना हुने व्यक्ति तथा समुहलाई कार्यक्रमका प्रमुख अतिथी नेत्रराज पौडेल सहितले सम्मान तथा प्रमाणपत्र प्रदान गर्नुभएको छ । यस्तै प्रतियोगितामा सहभागी सम्पुर्णलाई पनि सम्मान पत्र प्रदान गरिएको छ । दुर्गा विँडारी, नर्मदा अर्याल र दिल बहादुर रम्तेलको निर्णायक मण्डलद्धारा प्रतियोगीहरुको प्रस्तुतीको मुल्याँकन गरेको हो । महिला मानव अधिकार रक्षक सञ्जाल थाक्रे गाउँपालिका, चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज सिड्स नेपाल धादिङ, मिलिजुलि महिला बचत तथा क्रृण सहकारी सँस्था, जागृती युवा समुह, महाकाली युवा समुह, कालिका युवा समुह र प्रतिभा युवा समुहको आयोजना तथा थाक्रे गाउँपालिकाको समन्वयमा भएको कार्यक्रममा युएमएन धादिङ र सँस्थागत विकास सञ्जालले सहयोग गरेका हुन् । प्रतियोगिता हुनु भन्दा अघि विभिन्न महिला समुहको आयोजनामा महादेववेशीको सिरानबजार बाट लैँगिक हिँसा न्युनिकरणको विषयमा ब्यानर र पम्प्लेट सहित अतितेश्वर महादेव मन्दिर सम्म ¥याली गरिएको थियो । महिला मानव अधिकार रक्षक सञ्जाल थाक्रे गाउँपालिकाका अध्यक्ष यशोदा विँडारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा धादिङका अध्यक्ष नेत्रराज पौडेलको प्रमुख आतित्थ्यता र विभिन्न वडाका वडा अध्यक्ष, विभिन्न सँघ सँस्थाका प्रतिनिधीहरुको आतित्थ्यता रहेको थियो ।
    २०७६ मँसिर २४ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २५, २०७६ बुधवार - ०२:३८:०४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology