नागरिक पाटी संवादाता
धार्के । धादिङको गल्छि गाउँपालिकाले मखमलको जुता चप्पल बनाउने तालिम सम्पन्न गरेको छ । सिप सिकै,ईलम गर्रौ,आत्मनिर्भर बर्नौ भन्ने नारा रहेको तालिममा १८ जनाको सहभागीता रहेको थियो । मंसिर १० गते देखि सुरु भएको मखमलको जुता चप्पल बनाउने तालिममा गाउँपालिकाका ६ वटा वडाका १८ जना महिलाहरुको सहभागीतामा रहेको गल्छि गाउँपालिका उद्योग शाखा प्रमुख सरिता शर्माले जानकारी दिनु भयो ।

गाउँपालिको आर्थिक सहयोगमा तालिम आयोजना गरि महिलाहरुलाई व्यवसाहिक स्वरोजगार बन्नका लागी प्राथमिकता दिएको गाउँपालिका उपाध्यक्ष राधा तिम्लसिनाले बताउनु भयो । महिलालाई हातमा सिप दिलाउन सकेमा राम्रो हुने बताएका छन ।

तालिम लिएका १८ जना महिलाहरुले ११ थरिका चप्पल बनाएको तालिमका प्रशिक्षक पविता थापाले बताउनु भयो । तालिममा सहभागी अपसरा पण्डितले हामीलाई व्यवसाहिक तथा क्षमतावन बनाउन सहयोग पुगेको बताउनु भयो ।
तालिम समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राधा तिम्लसिना , वडा अध्यक्ष राजन श्रेष्ठ, उद्योग शाखा प्रमुख सरिता शर्मा ,प्रशिक्षक पविता थापा लगायतको सहभागीता रहेको थियो ।
२०७६ मंसिर २७ गते प्रकाशित