थाक्रे । धादिङको थाँक्रे गाउँपालिका वडा न ३ अमर्खुमा आज भवन उद्घाटन,एम्बुलेन्स उद्घाटन तथा अक्सिजन सिलिन्डर बितरण कार्यक्रम भएको हो । भुमेस्थान स्वास्थ्य चौकीको आयोजनामा एम्बुलेन्स उद्घाटन तथा दमरोगी मैत्री अक्सिजन सिलिन्डर बितरण कार्यक्रम र अमर्खु माध्यमीक बिद्यालयको आयोजनामा नयाँ भवन उद्घाटन, तथा हस्तान्तरण कार्यक्रम एकसाथ सम्पन भएको हो ।

कार्यक्रमम बिधालयको नयाँ भवन उद्घाटन र हस्तान्तरण गर्नुका साथै बिधालय निर्माणमा सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो भने दम स्वास्थ्य समस्याबाट पिडित नागरिकहरुलाई अक्सिजन प्रयोगका लागी वडाको बजेटबाट खर्च हुने गरी निशुल्क रुपमा अक्सिजन सिलिन्डर प्रदान गरिएको थियो । साथै वडा न ३ को सहयोगमा सन्चालन भैरहेको भुमेस्थान स्वास्थ्य चौकीको एम्बुलेन्स पनि हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथीका रुपमा धादिङका प्रदेश सांसद तथा प्रदेश न ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री सालिकाराम जम्कट्टेलको रहनु भएको थियो । भने थाक्रे गाउँपलिका अध्यक्ष रामकुमार आचार्य ,उपाध्यक्ष अ्म्बिका रुपाखेती ,नेकपा थाक्रेका अध्यक्ष कृष्ण पन्त ,वडा अध्यक्ष अमित कुमार घले बिद्यालयका प्रधानाध्यापक लाल बहादुर तामाङ ,अन्य वडाका अध्यक्षहरु ,बिद्यालयका शिक्षकहरु अभिभावक ,स्थानिय नागरिकहरु लगायत सरोकारवालाहरुय्को सहभागिता रहेको थियो ।
राजमार्ग खबरको सहयोगमा
२०७६ मंसिर २७ गते प्रकाशित