विपिन मल्ल
गल्छि । गल्छि गाउँपालिकाको ६ नम्बर वडा कार्यालयले अम्लेश्वर गुरुकुल सँस्कृत वेद विद्याश्रमलाई तबला र हार्मोनियम प्रदान गरेको छ । गुरुकुलका विद्यार्थीहरुलाई अझै सहज होस् भनेर विद्याश्रम प्राँगणमा आयोजित कार्यक्रम मार्फत तबला र हार्मोनियम प्रदान गरिएको वडा अध्यक्ष राजन श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठले स्थानिय जनताको चाहना र भावना अनुसार गाउापालिकाले काम गरिरहेको भन्दै वडाको तर्फबाट भएको यो सहयोगले गुरुकुललाई थप राहत मिल्ने बताउनुभयो ।

वडा कार्यालयले दलित समुदायका ११ जना व्यक्तिहरुलाई यस अघि पन्चे बाजा वितरण गरेको थियो ।
२०७६ मंसिर २९ गते प्रकाशित