शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

शैक्षिक गुणस्तर सुधारका लागि धादिङमा अन्तरक्रिया

शैक्षिक गुणस्तर सुधारका लागि धादिङमा अन्तरक्रिया

  • 6.4K
    SHARES
  • धुषा,धादिङ । बेनिघाट रोराङगाउँपालिका ८ गोठिभज्याङमा शैक्षिक गुणस्तर सुधारका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रयास नेपाल धादिङले आज आईतबार बेनिघाटरोराङ गाउँपालिका वडा नं ८ मा अवस्थित गोठपभज्याङ आधारभुत बिद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि अन्तरिक्रया कार्यक्रम गरेको हो ।अन्तरक्रिया कार्यक्रममा बिद्यालय व्यवस्थापन समिति,अभिभावक, बालकल्ब र शिक्षकहरू बिच बिद्यालयको शैक्षिक गुणस्तर सुधारका बिभिन्न पक्षमा छलफल भएको थियो । कार्यक्रममा बिद्यालयमा बालबालिकाको नियमितता, अभिभावक र बिद्यालय व्यवस्थापन समितिको बालबालिका र बिद्यालय प्रतिको कनम,कर्तव्य र दायित्व ,शिक्षकहरू बालबालिका र अभिभावक प्रतिको दायित्व ,बालबालिकाहरुको कक्षागत र बिषयगत शैक्षिक उपलब्धिको बिश्लेशण र बृद्धिका लागि गर्नु पर्ने कार्यहरु,बालमैत्री वातावरण,बालबालिकालाई घरमा पढाईमा सहजिकरणका बिषयमा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल र कार्यक्रम संयोजक सुनिल केसीले सहजिकरण गर्नु भएको थियोे । अन्तरक्रियामा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले समय समयमा बिद्यालय गई बालबालिका हरुको पढाइ बारेमा जानकारी लिनु पर्ने ,बिद्यालय पठाउँदा समयमा नै खाना खुवाई पठाउने , शैक्षिक सामग्री कापि,कलम छरछैन हेरि पठाउने, खाजाको व्यवस्था गरि समयम नै बिद्यालय पठाउने ,दैनिक रुपमा हाजिरी गर्दा शैक्षिक क्रियाकलापसँग मेलखाने बिषय समावेश गरेर गर्ने जस्ता विषयमा सहजिकरण गर्नु भएको थियोे । हरेक त्रैमासिक परिक्षा पछि हरेक बालबालिकाको लब्दाङपत्र हरेक अभिभावकसम्म पुर्याइ सोको उपलब्धिकाको बारेमा कक्षा शिक्षक,अभिभावक बिद्यालय व्यवस्थापन समिति बिच छलफल गरि सुधारको योजना निर्माण गरि कार्यान्वयन गर्ने लगायतका बिषयमा कार्यकारी निर्देशक अर्यालले सहजिकरण गर्नुभएको हो । अन्तरक्रिया कार्यक्रममा आफ्नो भनाई राख्दै गोठिभज्याङ आधारभुत बिद्यालयका प्रधानाध्यापक टंक बहादुर गुरुङले बिद्यालयले शैक्षिक गुणस्तर अभिबृद्धि गर्न अभिभावक ,शिक्षक,बिद्यार्थी र बिद्यालय व्यवस्थापन समिति बिच अन्तरक्रिया कार्यक्रम गरिएको बताउनु भयो । महिला अभिभावक सहित उल्लेख्य अभिभावकहरु उपस्थितिमा भएको कार्यक्रमले आगामी दिनमा बिद्यालय शैक्षिक बिकासमा टेवा पुग्ने अध्यक्ष रामजी चेपाङले बताउनुभयो । कार्यक्रममा प्रयास नेपाल धादिङले प्लानेट ईन्फान्ट तथा डेभलपमेन्टको सहयोगमा संचालित महिला तथा किशोरी हिंसा बिरुद्धको कार्यक्रमको सहकार्य रहेको धुषा गोठिभज्याङबाट सुमित्रा चेपाङले जानकारी दिनुभयो । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामजी चेपाङको अध्यक्षतामा भएको थियोे । कार्यक्रमको अन्त्यमा अभिभावक र शिक्षकहरुले आचार संहिता हस्ताक्षर गर्दै पालना गर्ने संकल्प गरेको शिक्षक कृष्ण चेपाङले जानकारी दिनु भयो ।
    २०७६ मंसिर २९ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ३०, २०७६ सोमवार - ०४:५९:३४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology