शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

दिगो विकासमा नागरीक समाजको भुमिका स्थापित गर्न सचेतीकरण तालिम सम्पन्न

दिगो विकासमा नागरीक समाजको भुमिका स्थापित गर्न सचेतीकरण तालिम सम्पन्न

  • 6.4K
    SHARES
  • धादिङ । सिड्स नेपाल र सस्थागत विकास सञ्जालको साझेदारीमा सञ्चालित दिगो विकासका लागि युवा किसोर किसोरी सहभागीता परियोजना अन्र्तगत थाक्रे गाऊँपालिकाका बिभिन्न १० वडावाट उपस्थित नागरीक समाजका अगुवा २६ जना सहभागीहरुको उपस्थितीमा सम्पन्न भएको छ । तालिमको अवसरमा सहभागीहरुलाई स्थानिय तहको योजना तर्जुमा, वजेटको सम्भावित स्रोत , योजनाको कार्यन्वयन,, योजनाको प्रथामिकिकरण, बिश्लेषण, योजनाको ७ चरण र नागरीक समाज को भुमिका र जिम्मेवारीको बिषयमा जिल्ला समन्वय समिति कार्यक्रम अधिकृत हाल सिद्धलेक गाऊँपालिका समाजिक विकास अधिकृत विनोद अर्याल, गजुरी गाऊँपालिका प्रमुख प्रशासकिय अधिकृत युवराज अर्याल , थाक्रे गाऊँपालिका निमित प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेल र गजुरी गाऊँपालिका पुर्णिम परियोजना साथै संस्थाकी कार्यसमिति सदस्य गंगा सुवेदी र सिड्स नेपालका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले सहजिकरण गर्नु भएको कार्यक्रममा सस्था सचिव विष्णु प्रसाद पौडेलको अध्यक्षतामा वडा नः २ का वडा अध्यक्ष राजकुमार पौडेल , वडा नः ११ का वडा अध्यक्ष रवि प्रकाश ओझाको आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहभागीले स्थानिय सरकार र सरकारको तर्फवाट गरिने योजना प्रकृयाको बिषयमा महत्वपुर्ण सिकाई भएकोले आगमी दिन वडा पालिकाको विकासमा जिम्मेवारी साथ सहभागिता जनाउने प्रतिवद्धता जाहेर गरेका थिए । २०७६ मंसिर २९ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ३०, २०७६ सोमवार - ०५:४१:२६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology