धादिङ (नौबिसे) । सानिमा बैंक लिमिटेड नौविसे शाखाले गरेको रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन् । सानिमा बैंक लिमिटेडको १५ औं वार्षिक उत्सवको उपलक्ष्यमा आज सोमबार धादिङ जेसिजको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरिएको शाखा प्रबन्धक मधु प्रकाश खतिवडाले बताउनुभयो ।

रक्तदान कार्यक्रम सफल तुल्याउन सहयोग गर्ने धादिङ जेसिजका अध्यक्ष विनोद कुमार उप्रेती, कार्यक्रम संयोजक प्रितम त्रिपाठी, रक्त संचार केन्द्र कालिमाटी एवम् समस्त रक्तदातालाई शाखा प्रबन्धक खतिवडाले धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि सहयोग मिल्ने अपेक्षा एवम् विश्वास प्रकट गर्नुभएको छ ।

रक्तदान कार्यक्रममा अन्य १२० जना सहभागी भएका थिए । बैँकले यस अघि पनि विभिन्न सामाजिक कामहरु गर्दै आएको छ ।
२०७६ मंसिर ३० गते प्रकाशित