आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धुनिबेशी ५ मा आधारभूत स्वास्थ्य केन्द्रको शिलान्यास

धुनिबेशी ५ मा आधारभूत स्वास्थ्य केन्द्रको शिलान्यास

  • 7.3K
    SHARES
  • शिवराज आचार्य जिवनपुर । धादिङको धुनिबेशी नगरपालिकाको वडा नम्बर ५ अमलेचौरमा आधारभूत स्वास्थ्य केन्द्रको शिलान्यास गरिएको छ । चार कोठे भवनको नगर प्रमुख बालकृष्ण आचार्य र उपप्रमुख निरु खरेलले गर्नु भएको हो । नेपाल सरकारको आर्थिक सहयोगमा उक्त चार कोठाको भवन निर्माण हुदै छ । नेपाल सरकारको परिपत्र अनुसार साउनु १ गते बाट प्रतेक वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना भएर नागरिक लाई सेवा दिदै आएका छन । आज एक कार्यक्रमका विचमा स्वास्थ्य केन्द्रको शिलान्यास गरीएको हो । आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माणका लागी जग्गा दिनु हुर्ने जग्गा दाता समाजसेवी राम प्रसाद रूपाखेती लाई नगर प्रमुखले बधाई दिनु भएको थियो । कार्यक्रममा बोल्नु हुदै गनरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गोविन्द सिग्देलले सम्पूर्ण नगर बासिहरूलाई स्वास्थ्य सेवा दिन नगरले यश कार्यक्रम गरेको बताउनु भयो । त्यसै गरी कार्यक्रममा बोल्नु हुँदै नगर उप प्रमुख निरू खरेलले वडा नम्बर ५ का नागरिकहरू लाई स्वास्थ्य सेवा प्रदान गर्न आज स्वास्थ्य चौकिको भवन शिलान्यास गरेको बताउनु भयो । कुनै पनि नागरिकले स्वास्थ्य सेवा बाट बन्चित हुनु नपर्ने बताउनु भएको छ । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख बालकृष्ण आचार्यले नागरिकलाई स्वास्थ्य सेवा दिने उदेश्यले आधारभूत स्वास्थ्य केन्द्रको निर्माणमाका लागि शिलान्यास गरिएको बताउनु भयो । सामान्य विरामी हुदा पनि घर नजिकैको स्वास्थ्य केन्द्र बाट सेवा लिन आग्रह गर्नु भएको छ । नगरिकका दुःख सुखमा साथ दिने गाउँको सरकार भएकाले हामी लाई सम्झन नागरिकलाई आग्रह गर्नु भएको छ। कार्यक्रममा नगर प्रमुख बालकृष्ण आचार्य,उपप्रमुख निरु खरेल,प्रमुख प्रशासकिय अधिकृत गोविन्द सिग्देल,स्वास्थ्य शाखा प्रमुख शिवहरि भट्ट,वडा नम्बर ५ का वडा अध्यक्ष कृष्ण कुमार रेग्मी,१ का वडा अध्यक्ष चन्द्र तामाङ,२ का वडा अध्यक्ष बलराम कुबर,९ का वडा अध्यक्ष साईला राई,कार्यपालिका सदस्य,वडा सदस्य,नेकपाका स्थानिय नेता,समाजसेवी अन्य नागरिकहरुको उपस्थिति रहेको थियो । २०७६ मंसिर ३० गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :पौष १, २०७६ मंगलवार - ०३:५४:२८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology