शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

२५ एसपीको सरूवा : धादिङमा रविन्द्र रेग्मी, चितवनमा गंगा पन्त

२५ एसपीको सरूवा : धादिङमा रविन्द्र रेग्मी, चितवनमा गंगा पन्त

  • 7.9K
    SHARES
  • काठमाण्डौँ । प्रहरी प्रधान कार्यालयले २५ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरूवा गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार धादिङ, रौतहट, चितवन, धनुषा, झापा, सर्लाहीलगायत जिल्लाका प्रहरी प्रमख फेरिएका छन्। रौतहटका प्रहरी उपरीक्षक भूपेन्द्र खत्रीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज सरूवा भएको छ। रौतहटमा रविराज खड्का पठाइएका छन्। चितवनमा गंगा पन्तको सरूवा भएको छ। चितवनमा कार्यरत प्रहरी उपरीक्षक दानबहादुर मल्लको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरूवा भएको छ। धनुषाका शेखर खनाल प्रहरी प्रधान कार्यालय सरुवा भएका छन्। धनुषामा रमेशकुमार बस्नेतको सरूवा भएको छ। झापामा कार्यरत् दिनेश मैनालीको एक नम्बर प्रदेश प्रहरी दंगा गण सुनसरी सरूवा भएको छ। झापामा कृष्ण कोइरालाको सरूवा भएको छ। रवि पौडेल काभ्रे, सुशीलसिंह राठौर मकवानपुर, श्यामकुमार महतो प्रदेश ट्राफिक कार्यालय बारा, विश्वमणि पोखरेलको सर्लाही, रविन्द्र रेग्मी धादिङ, मुकेश सिंहको महानगरीय अपराध महाशाखामा सरूवा भएको छ।
    २०७६ पौष ०४ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष ५, २०७६ शनिवार - ००:५१:०७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology