शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

अन्तराष्ट्रिय हरियाली मंच तेस्रो साधारण सभा भव्यरुपमा सम्पन्न

अन्तराष्ट्रिय हरियाली मंच तेस्रो साधारण सभा भव्यरुपमा सम्पन्न

  • 7.2K
    SHARES
  • पौष ६,काठमाडौं अन्तराष्ट्रिय हरियाली मंचको तेश्रो साधारण सभा ललितपुरमा भव्य कार्यक्रम बिच सम्पन्न भएको छ । हरियाली मंचको आफ्नै कार्यालयमा आयोजना भएको साधारण सभा दुई दिन सम्म चलेको थियो। तीन बर्ष अगाडि स्थापना भएको यो संस्थाले बिदेश देखि देशका विभिन्न जिल्लामा शाखा बिस्तार गरिसकेको छ । समाजसेवी एवम् महिला नेत्री शुसिला श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रमको उदघाटन गरिएको थियो। कार्यक्रममा विभिन्न जिल्लाका शाखा प्रतिनिधिहरुको उपस्थित रहेको थियो।उत्कृष्ट शाखाका सदस्यहरु लाई सम्मान समेत गरिएको थियो । यस संस्थाका केन्द्रिय अध्यक्ष शुलाचना गुरुङले कार्यक्रमलाई सम्बोधन गर्दै देशमा प्रकृतिका सम्पदा बन जङ्गल बिनाश हुने क्रम बढदै गर्दा हाम्रो संस्थाले छोटो समयमै सक्रिय रूपमा बन जङ्गल संरक्षणमा महत्त्वपूर्ण भुमिका खेलेको छ हामीले स्थापना भएको केहि बर्षमै देशको प्राकृति सम्पदा संरक्षणमा टेवा पुर्याएका छौ।हाम्रो संस्था जन्मेकै प्रकृति जोगाउन लाई हो । यस मंचका राजदुतको रुपमा रहेका बिसाल राईले सम्बोधन गर्दै भने हामी देशका प्रतेक जिल्लामा शाखा बिस्तार गर्दै हाम्रो उदेश्य अनुरुप कामलाई तिब्रता दिनेछौ।कार्यक्रममा संस्थाका कोषाअध्यक्ष जयन्ति लावतीले बार्षिक आयब्यको विवरण प्रस्तुत गरेका थिए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष ७, २०७६ सोमवार - ०६:१६:३४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology