धुनिबेशि । धादिङ धुनिबेशिनगरपालिका वडा नम्बर ४ मा अबस्थित कालिका आधारभूत बिद्यालयका बिद्यार्थीहरुलाई समाजसेवि रामनाथ गजुरेलले सहयोग गरेका छन् । आफ्नो आमाको पुण्य तिथीमा बिद्यार्थीहरुलाई न्यानो कपडा स्वीटर, कपि र कलम सहयोग गर्नुभएको सोहि बिद्यालयका प्रधानाध्यापक शिबहरि रेग्मीले बताए ।

बिद्यार्थीहरुको मनोवल अझ उच्च बनाउने उदेश्यले जेहेन्दार बिद्यार्थीहरु १० जनालाई स्वीटर, कपी र कलम बितरण गरिएको हो भने अन्य ६२ जना बिद्यार्थीहरुलाई कपी र कलम दिईएको बिद्यालयले जनाएको छ । समाजसेबि रामनाथ गजुरेलले आफ्नी आमा स्व. यशोदा गजुरेलको सम्झनामा बिद्यार्थीहरुलाई सहयोग गरेका हुन् ।
२०७६ पौष ०७ गते प्रकाशित