शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गोकर्ण रिसोर्टको पुरानो सम्झौता अवधि सकिनुभन्दा अघि लिज अवधि बढाइएको सरकारको स्वीकार

गोकर्ण रिसोर्टको पुरानो सम्झौता अवधि सकिनुभन्दा अघि लिज अवधि बढाइएको सरकारको स्वीकार

  • 3.8K
    SHARES
  • काठमाडौं । साढे ५ वर्षमा सबा ४ करोडभन्दा बढी भाडा आउने गरी गोकर्ण फरेस्ट रिसोर्टको पुरानो सम्झौता अवधि सकिनुभन्दा अघि लिज अवधि बढाइएको सरकारले स्वीकार गरेको छ। नेपाल ट्रस्टको सिफारिसमा गोकर्ण फरेष्टको समय २५ वर्ष थप गरेको रक्षामन्त्री ईश्वर पोखरेलले बताएका छन्। राष्ट्रिय सभामा उठेको प्रश्नको जवाफ दिँदै ट्रष्ट सञ्चालक अध्यक्ष समेत रहेका पोखरेलले बताएका हुन्। यती होल्डिङ्सले २९ करोड लगानीमा ४८ वटा सुविधा सम्पन्न रुम सहितको ४ सय जना अट्ने सभा हल बन्ने निश्चित गरेपछि समय थप भएको उनको भनाइ छ। बाँकी रहेको साढे ५ वर्षमा ३७ लाल डलर आउने छ। यो रकम नेपालीमा ४ करोड ३१ लाख ८३ हजार भन्दा बढी हुन्छ। थप भएको २५ वर्षको अवधिमा भने १ अर्ब १५ करोड १० लाख २ हजार १ सय ७० रुपैयाँ भाडामा आउने छ। अप्रत्यक्ष रुपमा भने ३ अर्ब ९ करोड आउने गरी समय थप भएको उनको भनाइ छ। २०७६ पौष १० गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष १०, २०७६ बिहिवार - २०:००:२२ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology