शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिबेशीमा निर्माण भैरहेको कोल्पुखोला-बाह्रबिसे सिचाँई योजनाको अनुगमन

धुनिबेशीमा निर्माण भैरहेको कोल्पुखोला-बाह्रबिसे सिचाँई योजनाको अनुगमन

  • 5.9K
    SHARES
  • धार्के । धुनिबेशी ४ मा निर्माण भैरहेको सिचाँई  योजनाको अनुगमन गरिएको छ । धुनिबेशी नगरपालिकाका जनप्रतिनिधिहरुबाट वडा नम्बर ४ को कोल्पुखोला बाह्रबिसे सिचाँई  योजनाको अनुगमन गरिएको हो । उक्त कुलोको नगरप्रमुख बालकृष्ण आचार्य ,नगर उपप्रमुख निरु खरेल, वडा अध्यक्ष हरि सुबेदी ,कार्यपालिका सदस्य रिता रेग्मी, ईन्जिनियर नवराज श्रेष्ठ ,समाजसेवी रामचन्द्र आचार्य ,वडा सचिव मिलन कुमार सुबेदी ,लगायत अन्य कर्मचारीहरुको सयुक्त टोलिद्धारा अनुगमन गरिएको छ । लागत अनुमान १६ लाख ६३ हजार रहेको उक्त कुलोमा श्रमदान बापत स्थानियले एक लाख ६३ हजार लगानी गर्नेछन । कुलो आर सि सि वाल र मेशिनरी वाल सहित निर्माण भैरहेको छ भने करिब ३०० रोपनी जग्गामा सिचाँई हुने जनाईएको छ । चालू आर्थिक बर्ष २०७६/०७७ मा कार्यान्वयन हुने योजना रहेको उक्त सिँचाई कुलोका लागि नगरपालिकाको रु पन्ध्र लाख सहयोग रहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष ११, २०७६ शुक्रवार - ०५:१३:५९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology