नागरिकपाटी सँवाददाता
धुनिबेशी । धादिङको धुनिबेशी ५ कुमाइ खोलामा रहेको महादेवस्थान माध्यमिक विद्यालयले बिहिबार आफ्नो ३१ औँ वार्षिक उत्सव मनाएको छ । विद्यालयको प्राङ्गणमा भएको विविध कार्यक्रमका साथमा वार्षिक उत्सव मनाईएको विद्यालयका प्रधानाध्यापक अनिल रुपाखेतीले बताउनुभयो ।
धुनिबेशी नगरपालिकाको प्रमुख बालकृष्ण आचार्यको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा उहाँले नगरपालिका भित्रका विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न आफुहरु लागि परेको भन्दै यसका लागि सबैले साथ दिन अनुरोध गर्नुभएको छ ।
विद्यालयका प्रधानाध्यापक अनिल रुपाखेतीले आफु भन्दा अघिका विद्यािलय व्यवस्थापन समिती, प्रध्यानाध्यापक, शिक्षक, अभिभावक, विद्यार्थी लगायतको कारण नै विद्यालय यो स्थानमा आईपुगेको भन्दै विद्यालयको शैक्षिक गुणस्तरका लागि आफु लागि परेर काम गर्ने बताउनुभयो ।

कार्यक्रममा बिद्यार्थीहरुले सहभागीहरुलाई आफ्नो प्रस्तुती मार्फत मनोरञ्जन प्रदान गरेका थिए । यसैगरी सोही बिद्यालयमा अध्ययनरत आफ्नो छोरी अपांग भएको र अपांग मैत्रीपूर्ण बिद्यालय निर्माणको लागि सान्ता रुपाखेतीले अक्षयकोषको स्थापना गर्नको लागि रु एक लाख ५ हजार सहयोग गर्नु भएको छ ।
यस्तै केहि दिन अगाडि सम्पपन हाजिर जवाफ प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्तवना भएका बिद्यार्थीहरुलाइ पुरस्कार वितरण गरिनुको साथै सहभागी बिधालयहरुलाइ पनि प्रमाणपत्र प्रदान गरिएको छ ।

वार्षिकोत्सब कार्यक्रममा नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य, नगरपालिकाका शिक्षा शाखाका सुजन राज खनाल, बिकाश खत्री, धुनिबेशी नगरपालिका वडा नम्बर ५ का कार्यवाहक वडा अध्यक्ष ऋषि कुमार ढकाल सहित विभिन्न बिद्यालयका प्रमुख तथा प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, अभिभावक बिद्यार्थी लगायत शिक्षा सँग सरोकार राख्ने व्यक्तिहरुको उपस्थिति रहेको थियो।
२०७६ पौष ११ गते प्रकाशित