थाक्रे । धादिङको थाक्रे गाउँपालिका स्थित रानी झरनाको सरसफाई तथा अवलोकन गरिएको छ । थाक्रे ६ रानिबारीमा रहेको सेतीदेवी आधारभुत विद्यालयको सेतीदेवी स्काउट समुहद्धारा रानी झरना सहित आसपासको बाटो सरसफाई र पर्यटकीय क्षेत्रको अवलोकन तथा भ्रमण गरेको हो ।

भिजिट नेपाल २०२० को सुरुवातको दिनमा आयोजित अभियानमा विद्यालयका कक्षा ६ देखी कक्षा १० सम्मका विद्यार्थी, शिक्षक, वडा अध्यक्ष, सिडिपी नेपालका प्रतिनिधी, युवा समाजसेवी लगायतको सहभागीता रहेको कमल आलेले जानकारी दिनुभयो ।
२०७६ पौष १६ गते प्रकाशित