आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

स्वच्छ पानीका लागि समुदायको चासो, गजुरीको बेलभन्ज्याङ "सुरक्षित पानी पिउने गाउँ" घोषणा

स्वच्छ पानीका लागि समुदायको चासो, गजुरीको बेलभन्ज्याङ "सुरक्षित पानी पिउने गाउँ" घोषणा

  • 5.0K
    SHARES
  • धादिङ । गजुरी गाउपालिका वडा नम्वर २ बेलभन्ज्याङ गाउलाइ सुरक्षित पानी पिउने गाउ घोषणा भएको छ । बेलभन्ज्याङ गाउको ३९ घरधुरी सबैले फिल्टरको प्रयोग गरी सुरक्षित पानी पिउन थालेपछी सुरक्षित पानी पिउने गाउ घोषणा गरिएको हो । "सरसफाइ र स्वच्छतामा एक कदम अघि सरि, सधै सुरक्षित पानी पिउछौ हामी गावैभरी " भन्ने मुल नाराका साथ सामुदायिक घोषणा तथा प्रतिबद्दता समारोह भएको थियो । बेलभन्ज्याङ सामुदायिक सस्थाको आफ्नै श्रोतमा ३९ घरधुरीको लागी पानी शुद्दीकरण गर्नको लागी फिल्टर खरिद गरी बितरण गरेको थियो । बेलभन्ज्याङ सामुदायिक सस्थाका अध्यक्ष अमृत बहादुर मगरको अध्यक्षतामा भएको कार्यममा गजुरी गाउपालिका अध्यक्ष राजेन्द्र विक्रम वस्नेतको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गजुरी १ का अध्यक्ष राजकुमार पण्डित, वडा नम्वर २ का वडा अध्यक्ष चुडामणी कडेल, वडा नम्वर ३ का वडा अध्यक्ष रिषीलाल श्रेष्ठ, समाजसेवी भद्रलाल मगर, शान्ती नेपालका परियोजना संयोजक लालप्रसाद पोखरेल , सन्जय बहादुर चन्द, सद्भाव गरीबी निबारण सहकारी सस्थाका व्यवस्थापक बासु सुबेदी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा बेलभन्ज्याङ सामुदायिक सस्थाका दृष्टीविहिन सदस्य कर्ण बहादुर मगरलाई फिल्टर हस्तातरण गर्नुहुदै प्रमुख अतिथी वस्नेतले सुरक्षित पिउने पानी अभियान सबै टोलवस्तिमा सबै घरमा पुर्याउनुपर्ने धारणा राख्नुभयो । सरसफाई मार्गदर्योशन २०७३ अनुसार सन २०३० सम्ममा नेपाललाइ पुर्ण सरसफाई उन्मुख राष्ट्र घोषणा गर्ने लक्ष्य छ भने यसै लक्ष्यलाइ हासिल गर्न जिल्ला समन्वय समिती धादिङ्को समन्वयमा जिल्लाका१३ वटै स्थानिय तहको सहभागितामा २०२३ सम्ममा जिल्ला भरी सफा गाउ घोषणा गर्ने र २०२५ सम्ममा पुर्ण सरसफाइ उन्मुख जिल्ला घोषणा गर्ने महत्त्वाकाङ्क्षी लक्ष्य र घोषणा रहेको छ । यसै योजनालाइ सहयोग पुर्याउने उद्देश्यले वातावरण तथा जनस्वास्थ्य सस्थाको सहयोगमा शान्ती नेपालले गजुरी गाउपालिका, बेनिघाट रोराङ गाउपालिका र सिद्दलेक गाउपालिकाका १५ हजार घरधुरीमा सुरक्षित पिउने पानी र चर्पीको समुचित प्रयोग सम्बन्धी व्यवहार परिवर्तन अभियान सन्चालन गर्दै आइरहेको छ । अभियान शुरु भए यता गजुरी गाउपालिका, सिद्दलेक र बेनिघाट रोराङ गाउपालिकाका २ हजार ३ सय ५९ घतधुरीमा सुरक्षित पानी पिउन थालिसकेका छन । २०७६ पौष १६ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :पौष १७, २०७६ बिहिवार - ०२:३०:५६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology