शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सामुदाय प्रहरी साझेदारी सम्बन्धी अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न

सामुदाय प्रहरी साझेदारी सम्बन्धी अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न

  • 6.8K
    SHARES
  • काठमाडौं । सामुदाय प्रहरी साझेदारी अन्तर्गत सुरक्षा शुद्धिकरण सम्बन्धी अन्तरकृया तथा सम्मान कार्यक्रम बालुवाटारस्थित टुँडालदेवीमा सम्पन्न भएको छ । सामुदायिक सेवा केन्द्र का अध्यक्ष राम प्रसाद न्यौपानेको अध्यक्षता एवं प्रहरी नायब महानिरिक्षक विश्वराज पोखरेलको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा पूर्व प्रहरी महानिरिक्षक अच्युत कृष्ण खरेल, विशिष्ट अतिथिका रुपमा रहेका थिए भने पूर्व एआईजी कल्याण कुमार तिमल्सिना, नरेश गुरुङ, अमर सिंह शाह, नेपाल सरकारका पूर्व सचिव मधुसुदन ढकाल, केशबराज कँडेल, नेपाल प्रहरीका पूर्व डिआईजीहरु रुपाल शम्शेर जबरा, वीरशरण थापा, भोग बहादुर थापा, नेपाली सेनाका पूर्व जर्नेलहरु यादव बहादुर रायमाझी, हिक्मत बहादुर चन्द, पूर्व न्यायधिश बुद्धरत्न शाक्य, पूर्व सभासद रमा गुरागाइँ, सामुदायिक प्रहरी टुँडाल देवीका पूर्व इन्चार्ज रामकृष्ण खरेल्, सल्लाहकारहरु अच्युत सापकोटा, अनिश भटराई , जि.एन शर्मा लगायतका अन्य विशिष्ट व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै महानगरीय प्रहरी वृत महाराजगन्जका प्रहरी नायब उपरिक्षक उमेश लम्सालले सामुदायिक प्रहरी साझेदारीको कार्यक्रम काम कर्तब्य लगायतका विषयमा चर्चा गरेका थिए । कार्यक्रममा सामुदायिक सेवा केन्द्र का अध्यक्ष रामप्रसाद न्यौपानेले सम्बोधन गर्दै प्रहरी नायब महानिरिक्षक विश्वराज पोखरेलको प्रसंसा गर्दै काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थापनमा अहम भूमिका खेल्नु भएको र समुदाय प्रहरी साझेदारीले स्थापनाकालको छोटो समय मै समाजमा हुने हरेक गतिविधि, अपराध नियन्त्रण, ट्राफिक तालिम, लगायतका कार्यहरुमा यो टुँडालदेवी सामुदायिक प्रहरी साझेदारीले सकृय भूमिका खेल्दै आएको र आगामी दिनहरुमा पनि अझ सशक्त रुपमा अगाडी बढ्ने प्रतिवद्धता जाहेर गरे। कार्यक्रमका विशिष्ट अतिथि नेपाल प्रहरीका पूर्व महानिरिक्षक अच्युत कृष्ण खरेलले अन्तर्कृयाको क्रममा बोल्दै समाज का हरेक व्यक्तिलाई सुरक्षा अवश्यक रहेको र त्यसकोलागि सुरक्षा सम्बन्धि अध्ययन गर्न जरुरी देखिएको बताएका थिए । मन्तब्य कै क्रममा कार्यक्रमका प्रमुख अतिथि प्रहरी नायब महानिरिक्षक विश्वराज पोखरेलले आफू बसोबास गर्ने टोलबाटै सम्मान पाउँदा निकै हर्षित भएको बताउँदै कार्यक्रममा उपस्थित पूर्व प्रहरी प्रमुख, पूर्व न्यायधिस, पूर्व सभासद लगायत उपस्थित अन्य व्यक्तित्वहरुबाट पाएको सुझाव र गुनासो लाई मनन गर्दै समस्यालाई सुल्झ्याउन पहल गर्ने कुरा बताए । प्रहरी नायब महानिरिक्षकले भने, 'प्रहरी नै न्यायको पहिलो आरम्भ भएकोले प्रहरीसँग जनताको बढी आशा हुनु स्वभाविक हो । समाजमा केही गर्छु भन्नेका लागि धेरै चुनौति र समस्याहरु हुने रहेछ । तर त्यसलाई सामना गर्दै अगाडी बढ्न जरुरी छ । नेपाल प्रहरीको ईमान्दारितालाई हरेक नागरिकले मुल्याङ्कन गर्ने गर्दछ । अब देशमा कोही केही गर्छ भने ईमान्दार व्यक्तिले नै गर्छ । अनि मात्र देशको बिकास सम्भव छ । मैले मेरो आँखाले नियालेको हजारौं अपराध छन् तर मलाई नियाल्ने हजारौंभन्दा लाखौं नागरिकहरु हुनु हुन्छ । पहिलाको तुलनामा समाजमा बस्न नआतिनु पर्ने अवस्था रहेको छ । सामुदायिक प्रहरीले अहिले समुदायभित्र रहेका समस्याहरुसँग नजिकबाट नियालेर काम गर्दैछ । म काठमाडौंको रानीपोखरी प्रहरी बिटको प्रमुखमा आउनासाथ हाललाई दुईवटा घटनामा फोकस गरेको छु । चोरी र विप्लब समुहको त्रास, चन्दा आतङ्क साथै लागु औषत न्युनिकरण नियन्त्रणमा पनि नेपाल प्रहरीको छुट्टै टिम नै परिचालन गरेका छौं । सवारी दुर्घटना न्युनिकरणमा पनि सवारी चालक र व्यवसायीलाई एक साथ राखेर ट्राफिक समस्या समाधान गर्ने तर्फ कदम अगाडि बढाएका छौं ।' कार्यक्रममा कार्यक्रमका संचालक एवं सामुदायिक प्रहरी सेवा केन्द्र टुँडाल देवीका सचिव मिन प्रसाद पौडेलले त्यस वडामा र धुम्बाराही चप्पल कारखाना, चन्डोल विशाल नगर क्षेत्रमा अनियन्त्रीत पार्किङ नियन्त्रण गर्नु पर्नेमा मादक पदार्थ सेवन चेक जाँच मात्र गरेको देखिँदै आएको देखिएको बताए । रातिको समयमा अपराध नियन्त्रण गर्न गएका प्रहरीले साईरन बजाउँदा स्थानीय वृद्ध र बच्चाहरुको निद्रा खल्बलिने गरेको र अपराधीहरु पनि साईरनको आवाजले फरार हुने गरेको कुरा अवगत गराउँदै त्यस क्षेत्रका ती समस्यालाई तत्काल समाधान गर्न अनुरोध गरे । कार्यक्रमको समापन कमलपोखरी प्रहरी वृतका प्रमुख भरत बहादुर बिकले गरेका थिए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष २०, २०७६ आइतवार - ०६:१०:४९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology