शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

अनुपम सिर्जना प्रतिष्ठानको ८९ औं रचना वाचन शृङ्खला एडमार्क कलेजमा सम्पन्न

अनुपम सिर्जना प्रतिष्ठानको ८९ औं रचना वाचन शृङ्खला एडमार्क कलेजमा सम्पन्न

  • 5.7K
    SHARES
  • काठमाडौ । काठमाडौको कलंकीमा विगत आठ वर्षदेखि साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको अनुपम सिर्जना प्रतिष्ठानले ८९ औं रचना वाचन शृङ्खला एडमार्क कलेजमा सम्पन्न गरेको छ । कवि पुरुषोत्तम सिग्देलको प्रमुख आतिथ्य एवं प्रतिष्ठानका महासचिव जितु खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्रष्टाहरू डा. बमबहादुर थापा, श्रीधर पौडेल, बैरागी जेठा तथा निर्मल पराजुली अतिथिका रूपमा रहनु भएको थियो । प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष नरनाथ लुइँटेलको स्वागत मन्तव्यलगत्तै औपचारिक रूपमा कार्यक्रम सुरु भएको थियो । कार्यक्रममा दुर्गा रिमाल अधिकारी, शान्ति नारायण श्रेष्ठ, जशध्वज गुरुङ, खोलाघरे साहिँलो, भरत गुरुङ, टेकबहादुर लौडारी, रामचन्द्र न्यौपाने, विमला घिमिरे, शारदा गौतम, बिनुबाबा घिमिरे, ठाकुरप्रसाद प्रधान, गिरिराज जोशी, श्रीधर पौडेल, उत्तम विचार, शिवप्रसाद आचार्य, निर्मल पराजुली, बमबहादुर थापा जिताली, बैरागी जेठा, पुरुषोत्तम सिग्देल, लक्ष्मी घिमिरे, गंगा आचार्य, धरणीधर गुरागाईंलगायतका स्रष्टाले आआफ्ना सिर्जना पस्किनु भएको थियो । गीति अंकका रूपमा रहेको कार्यक्रमका अधिकांश स्रष्टाहरूले आफ्ना गीति सिर्जना पस्किनुभएको थियो भने केहीले मुक्तक, गजल एवं कविता सिर्जना वाचन गर्नुभएको थियो । सिर्जनामा उहाँहरूले प्रकृतिप्रेम, मानवता, देशप्रेम एवं समाजका समसामयिक विकृति विसंगतिप्रति व्यंग्यवाण प्रहार गर्नुभएको थियो । बाहिर वर्षात्ले मौसम चिसो थियो तापनि कार्यक्रम–कक्ष स्रष्टाका गीत गायनले तातिरहेको आभास हुन्थ्यो । कार्यक्रमको बिसौनीमा वाचित रचनाहरूको समीक्षा गर्दै सभाध्यक्ष खड्काले सबै स्रष्टाप्रति आभार व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव बद्रीप्रसाद अधिकारीले गर्नु भएको हो । २०७६ पौष २० गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष २१, २०७६ सोमवार - ००:२१:२४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology