शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिबेशीमा नगरस्तरिय नवौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

धुनिबेशीमा नगरस्तरिय नवौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  • 5.3K
    SHARES
  • शिवराज आचार्य धार्के, धादिङ । स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने नाराका साथ धादिङको धुनिबेशीमा आईतबार बाट नवौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । धुनिबेशी नगरपालिका वडा नम्बर ५ को भुवनेश्वरी माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा नगरपालिकाको १५ वटा सामुदायिक र संस्थागत माध्यमिक विद्यालयहरुको सहभागीता रहेको छ । नगर प्रमुख बालकृष्ण आचार्यले पानसमा बत्ति बालेर प्रतियोगिताको उत्घाटन गर्नु भएको हो । प्रतियोगितामा भलिबल, कवड्डी, एथ्लेटीक्स तर्फ, हाइजम्प, लङजम्प, ट्रिपलजम्प, ज्याम्लीङ थ्रो, सटपुट, र ट्रयाक तर्फ एक सय मिटर, दुई सय मिटर, चार सय मिटर, आठ सय मिटर, पन्ध्र सय मिटर र एक सय मिटर रिले दौड हुने प्रतियोगिता संयोजन गर्ने भुवनेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेश रेग्मीले जानकारी दिनु भएको छ । उत्घाटन कार्यक्रममा ११ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरुले मार्चपास गरेका थिए । आज ट्रयाक तर्फका प्रतियोगिता भएका छन्। कार्यक्रममा बोल्नु हुदै नगर प्रमुख आचार्यले खेल क्षेत्रलाई विस्तार गर्दै लैजाने बताउनु भएको छ । केहि समय भित्रमा नगरले भिन्न किसिमको प्रतियोगिता आयोजना गने उहाँको भनाई छ । उहाँले प्रतियोगिताको सफलताको कामना समेत गर्नु भएको छ । आईतबारबाट सुरु भएको प्रतियोगिता २९ गते मँगलबार सम्म सञ्चालन हुने छ । २०७६ पुस २७ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष २८, २०७६ सोमवार - ०४:२२:१९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology