गजुरी । धादिङको गजुरी गाउँपालिकाको छैठौ गाउँ सभाले गाउँपालिकाको लोगो सार्वजनिक गरेको छ । छैठौं गाउँ साभाको अवशर पारेर गजुरी गाउँपालिकका अध्यक्ष राजेन्द्र विक्रम बस्नेत र उपाध्यक्ष सिता ढुङगानाले संयुक्त रुपमा लोगो सार्वजनिक गर्नु भएको हो । लोगोमा गाउँपालिका भित्रका जात–जाति, प्राकृतिक स्रोत ,डाँफेचरा ,गाउँपालिकाको नक्सा समेत समेटेर बनाईएको छ ।

नक्सामा पर्यटकिय सम्भावना, विभिन्न जनजातिको पहिचान र राष्ट्रिय एकता झल्कने गरि बनाईएको गजुरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज अर्यालले जानकारी दिनु भयो । गाउँ सभाले प्रदेश र केन्द्रबाट प्राप्त योजनाहरुको कार्यान्वयनको विषय छलफल गरेको गाउँपालिका अध्यक्ष राजेन्द्र बस्नेतले बताउँनु भयो ।

२०७६ पुस २७ गते प्रकाशित