शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिबेशीमा नगरस्तरिय नवौं राष्ट्रपति रनिङ शिल्डको उपाधी गुड स्टार्ट लाई

धुनिबेशीमा नगरस्तरिय नवौं राष्ट्रपति रनिङ शिल्डको उपाधी गुड स्टार्ट लाई

  • 7.4K
    SHARES
  • शिवराज आचार्य धार्के, धादिङ । स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने नाराका साथ धादिङको धुनिबेशीमा आईतबार बाट सुरु भएको नवौँ राष्ट्रपति रनिङ शिल्डको उपाधी गुड स्टार्ट अवासिय मा वि धार्केले हात पारेको छ । धुनिबेशी नगरपालिका वडा नम्बर ५ को भुवनेश्वरी माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता भएको हो । प्रतियोगितामा नगरपालिकाको १५ वटा सामुदायिक र संस्थागत माध्यमिक विद्यालयहरुको सहभागीता रहेको थियो । प्रतियोगितामा गुड स्टार्ट अवासिय मा वि प्रथम भएको छ । प्रथम गुड स्टार्ट माध्यमिक विद्यालयले ७ स्वर्ण,१ रतज,३ कास्य पदक प्राप्त गरी प्रथम स्थानहासिल गरेको हो । ६ स्वर्ण ८ रजत र २कास्य सहित महेशधर्म माध्यमिक विद्यालयले द्धितिय स्थानमा हाँसिल गरेको छ । त्यसै गरी प्रतियोगिता संयोजन गर्ने भुवनेश्वरी माध्यमिक विद्यालयले ६ स्वर्ण ६ रजत र ३ कास्य प्राप्त गरी तृतिय स्थान हाँसिल गरेको छ । प्रतियोगितामा छात्र छात्रा भलिबल, छात्र छात्रा कवड्डी, एथ्लेटीक्स तर्फ, छात्र छात्रा हाइजम्प, छात्र छात्रा लङजम्प, छात्र छात्रा ट्रिपलजम्प, ज्याम्लीङ थ्रो, सटपुट, र ट्रयाक तर्फ छात्र छात्रा एक सय मिटर, दुई सय मिटर, चार सय मिटर, आठ सय मिटर, पन्ध्र सय मिटर र एक सय मिटर रिले दौड प्रतियोगिता भएको थियो । विजेताहरुलाई शिल्ड,मेडल र प्रर्माण पत्र प्रदान गरीएको थियो । कार्यक्रममा नगर प्रमुख बालकृष्ण आचार्य र उपप्रमुख निरु खरेल सहित अन्य अतिथिहरुले शिल्ड,मेडल र प्रर्माण पत्र वितरर्ण गनु भएको थियो । उत्घाटन कार्यक्रममा ११ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरुले मार्चपास गरेका थिए । आज ट्रयाक तर्फका प्रतियोगिता भएका छन्। कार्यक्रममा बोल्नु हुदै नगर प्रमुख आचार्यले खेल क्षेत्रलाई विस्तार गर्दै लैजाने बताउनु भएको छ । केहि समय भित्रमा नगरले भिन्न किसिमको प्रतियोगिता आयोजना गने उहाँको भनाई छ । उहाँले प्रतियोगिताको सफलताको कामना समेत गर्नु भएको छ । आईतबारबाट सुरु भएको प्रतियोगिता २९ गते मँगलबार सम्म सञ्चालन हुने छ । २०७६ पुष २९ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ १, २०७६ बुधवार - ०२:१२:२६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology