शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

त्रिशुलीमा किन हाम्फाले लामिछानेको परिवार ?

त्रिशुलीमा किन हाम्फाले लामिछानेको परिवार ?

  • 3.6K
    SHARES
  • धादिङ । हिजो साँझ धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ स्थित बेनिघाटको झोलुङ्गे पुलबाट एक दम्पती २ नाबालक छोरासहित त्रिशुली नदीमा हाम्फाले । काठमाडौँ चन्द्रागिरी घर भएका विनय लामिछाने र जमुना रेग्मी लामिछाने छ महिना र २ वर्षका छोराहरु साथैमा लिएर त्रिशुली नदिमा हामफालेका हुन् । उनीहरुमध्ये विनय लामिछानेलाई सकुशल उद्धार गरियो भने अन्यको सम्भव भएन । दुई नाबालक छोराहरु वेपत्ता छन् । बेपत्ता बालकको शुक्रबार बिहानैबाट खोजी भइरहेको छ । त्रिशुली नदी धमिलो भएकाले र पानी परिरहेकाले खोजी कार्यमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय, धादिङका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए । जीवितै उद्दार गरिएका विनय इलाका प्रहरी कार्यलय गजुरीको नियन्त्रणमा छन् भने घटनाको अनुसन्धान भइरहेको एसपी रेग्मीले बताए । कारण हेर्नुहोस् गजुरी इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेका लामिछानेले अनलाइन बिजिनेसमा घाटा भएपछि परिवारै मर्ने निर्णय गरेर त्रिशूली नदीमा हामफालेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको धादिङ जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रवीन्द्र रेग्मीले जानकारी दिए । विनय लामिछाने थानकोटस्थित डेरामा सुसाइड नोट पनि फेला परेको खबर आएको छ,’ शुक्रबार बिहान एसपी रेग्मीले भने । एसपी रेग्मीका अनुसार सुसाइड नोटमा उनले कमोडिटी अनलाइन बिजिनेसमा घाटा भएपछि परिवारै मर्ने निर्णय गरेको उल्लेख गरेका छन् । गजुरी इलाका प्रहरी कार्यालयका डीएसपी खगेन्द्रराज खड्काले थानकोटस्थित लामिछानेको डेराबाट सुसाइड नोट फेला परेको पुष्टि गरेका छ । २०७६ माघ ०३ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ ३, २०७६ शुक्रवार - १९:४७:३२ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology