शिवराज आचार्य ,गजुरी । धादिङको गजुरी गाउँपालिका सञ्चानल भईरहेको सिविस परियोजनाको प्रगति समिक्षा तथा समापन बैठक आज शुक्रबार गजुरीमा सम्पन्न भएको छ। बेचबिखन तथा व्यवसायिक यौन शोषणको उच्च जोखिममा रहेका बालबालीका तथा किशोर किशोरीहरुको समस्याको सम्बोध्मन तथा रोकथामका विषयमा सिविसले परियोजना सञ्चालन गदै आएको थियो ।

परियोजनाले विद्यालय र समुदाय स्तरमा सचेतनात्मक कार्यक्रमहरु गर्दै आएको सिविसका जिल्ला संयोजक सन्तोष सत्यालले जानकारी दिनु भयो । उहाँका अनुसार परियोजनाले पैरवी तथा छलफल ,परियोजना सगं सम्बन्धित दिवस मनाउने र अनुसन्धान प्रतिवेदन तयार पार्ने काम समेत गरेको थियो ।
गजुरीका विकट भु–भागमा पुगेर चेतन फैलाउन सफल भएकोमा सिविस लाई धन्यवाद दिदै र आगामी दिनमा निरन्तरताको माग समेत गाउँपालिका अध्यक्ष बस्नेतले गर्नु भएको छ ।
आज शुक्रबार भएको कार्यक्रमको प्रस्तुतीकरण सिविसका कार्यक्रम संयोजक कृति वैधले गर्नु भएको हो । भने कार्यक्रमको सञ्चालन सिविसका जिल्ला परियोजना संयोजक सन्तोष सत्यालले गर्नु भएको छ ।
गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतको प्रमुख आतित्यता र सिविसका सस्थापक अध्यक्ष शान्ति अधिकारीको विशेष अतिथी रहेको कार्यक्रममा,उपाध्यक्ष सिता ढुङगाना, प्रमुख प्रशासकिय अधिकृत युवराज अर्याल वडा अध्यक्षहरु, बिद्यालयका प्रधानाध्यापकहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु गाउँपालिकाका विषयगत शाखाका कर्मचारी लगायतको सहभागीता रहेको थियो ।
२०७६ माघ ०३ गते प्रकाशित