आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

बैरेनीमा निःशुल्क आँखा शिविर सम्पन्न

बैरेनीमा निःशुल्क आँखा शिविर सम्पन्न

  • 5.2K
    SHARES
  • विपिन मल्ल/ शिवराज आचार्य बैरेनी । धादिङको गल्छी गाउँपालिका वडा नं ६ मा रहेको वैरेनी स्वास्थ चौकीमा आज शनिवार एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। गल्छी गाउँपालिका र दिृष्टी आँखा अस्पताल कलंकी काठमाडौ को सयुक्त आयोजनामा निःशुल्क आँखा शिविर सञ्चालन भएको छ । गाउँपालिका स्वास्थ शाखा प्रमुख राम प्रसाद ज्ञवालीले अब देखि हरेक हप्ताको शनिवार निःशुल्क स्वास्थ शिविर संचालन हुने बताउनु भएको छ । भने आज शनिवार भएको शिविरमा ५० जना व्यक्तिहरुले निःशुल्क आँखा जाँच गराएको बताउनु भएको छ । गल्छी गाउँपालिकाका कुनै पनि नागरिक आँखा जस्तो संवेदन शिल अङगको रोगी नहुन भन्ने उद्देश्वले आँखा शिविरको आयोजना गरिएको गाउँपालिका अध्यक्ष कृष्ण हरि श्रेष्ठले बताउनु भएको छ । गाउँ बासीका दुःखु शुखको एक सारथी भएको समेत बताउानु भएको छ । उहाँले आगामी दिनमा पनि गाउँपालिकाले विभिन्न किसिमका स्वास्थ्य शिविर आयोजना गरिने बताउनु भएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्प कंडेलको प्रमुख आतित्यतामा भएको शिविरमा गल्छी गाउँपालिका अध्यक्ष कृष्ण हरि श्रेष्ठ ,उपाध्यक्ष राधा तिमिल्सिना ,वडा नम्बर ६ का वडा अध्यक्ष राजन श्रेष्ठ, गल्छी गाउँपालिका स्वास्थ संयोजक राम प्रसाद ज्ञवाली लगायतको उपस्थिति रहेको थियो । २०७६ माघ ०४ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :माघ ५, २०७६ आइतवार - ०४:१९:१९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology