आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धुनिबेशी नगरपालिका वडा नम्बर ९ मा आधारभुत स्वास्थ्य केन्द्रको शिलान्यास

धुनिबेशी नगरपालिका वडा नम्बर ९ मा आधारभुत स्वास्थ्य केन्द्रको शिलान्यास

  • 6.5K
    SHARES
  • खानिखोला । धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ९ जुगेडीमा आधारभुत स्वास्थ्य केन्द्रको शिलान्यास गरिएको छ । आज एक कार्यक्रमको आयोजना गरी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले स्वास्थ्य केन्द्रको भवन निर्माणको शिलान्यास गर्नुभएको हो । निर्माण हुन लागेको भवनको लागि युनाईटेड सिमेन्ट प्रा.लि. ले ९ आना जग्गा जग्गा उपलब्ध गराएको वडा अध्यक्ष साईला राईले बताउनुभएको छ । कार्यक्रममा बोल्नुहुँदै नगरप्रमुख बालकृष्ण आचार्यले स्थानीय नागरिकलाई आधारभुत स्वास्थ्य सेवा पुराउने उदेश्यले स्वास्थ्य केन्द्रको भवन निर्माण गर्न लागिएको बताउनुभयो । स्वास्थ्य सेवा नागरिकको नैसर्गिक अधिकार भएको भन्दै नगरपालिकाको तर्फबाट स्वास्थ्य क्षेत्रमा धेरै काम भैरहेको उहाँको भनाई छ । कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधी, जनप्रतिनिधी, सरोकारवाला व्यक्ति लगायतको उपस्थिती रहेको थियो । २०७६ माघ ५ गते प्रकाशित    

    images
    images
    images
    प्रकाशित मिति :माघ ६, २०७६ सोमवार - ०१:१३:४१ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology