शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मल कल्चरमा भिज्दै चितवन वासी

मल कल्चरमा भिज्दै चितवन वासी

  • 4.2K
    SHARES
  • चितवन । रत्ननगरका सुभास रेग्मीका लागि यसपटकको अँंग्रेजी नयाँ वर्ष मानस्पटलमा सम्झनामा रहिरहने क्षण बनेको छ । ‘विगतका अंग्रेजी नयांँ वर्ष कसरी आउंँथ्यो कसरी जान्थ्यो उनलाई यादनै छैन । यस पटकको नयांँ बर्ष भने उनको लागि अविस्मरणीय बन्यो । ‘नेपाली नयाँ वर्षका हरेक दिन पनि यस्तै होस् भन्ने कामना गरेको छु ।’उनी आशा गर्छन । उनी यति खुसीहुनुको एउटै कारण रहेछ– भरतपुरमा खुलेको सिजी ल्यान्डमार्कमा नयांँ वर्षको अघिल्लो दिन आयोजित सांगीतिक कार्यक्रम । त्यस दिन सिजी ल्यान्डमार्कले चर्चित गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटालाई बोलाएर भव्य सांगीतिक कार्यक्रम गरेको थियो । न्यू इयर ईभमा स्थानीय सांगीतिक समूह ट्र्यांगल ब्रान्डले पनि उक्त मलमा प्रस्तुति दिएको थियो । उक्त कार्यक्रमले रेग्मी जस्ता नयाँ पुस्ताका हजारौंको मन जितेको रहेछ । ‘ठूलठूला सपिङमलहरु त धनी मानीका लागि खुलेका नाफामुखी केन्द्र जस्तो लाग्थ्यो तर होइन रहेछ । जो पनि जान सक्ने, जो पनि रमाउन सक्ने वातावरण पाएँ,’ रेग्मीले अनुभव सुनाए।’ ‘म मात्रै होइन मेरा सबै साथीले त्यस दिन फरक किसिमको रमाइलो अनुभव गरे ।’ उनी प्रफुल्लित हुन्छन । त्यसो त ठूलठूला व्यापारीक घरानाले विभिन्न पर्व वा विशेष दिनमा सांगीतिक वा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्ने ग्राहक तान्नकै लागि हो । तर, त्यसको मुख्य आशय मल संस्कृतिबारे सर्वसाधारणमा चेतना जगाउनु पनि यसको उद्धेश्य रहेको व्यवसायीको बुझाई छ । ठूलठूला भवन, त्यहाँ उपलब्धता, अत्याधुनिक सुविधा देख्दा सर्वसाधारणलाई यो हाम्रा लागि होइन भन्ने भ्रम पर्न सक्नु स्वभाविक हो । सिजी ल्यान्डमार्कमा मात्र सात वटा पसल सञ्चालन गरिरहेका युवा व्यवसायी विदुर पौडेल भन्छन्, ‘तर यथार्थ त्यस्तो हुँदैन । बरु अन्यत्र मनलाग्दी मूल्य राखेर बार्गेनिङ गर्ने वा नक्कली सामानलाई सक्कलीको मूल्यमा बेच्ने जस्तो गलत परिपाटीको अभ्यास हुन्छ । ठूलामलमा त्यस्तो हुँदैन ।’ पिटर इंग्ल्यान्ड, स्केचर्स, डुल्ला, डेनोभो जस्ता विश्वविख्यातब्रान्डको आउटलेट सञ्चालन गरिरहेका पौडेलको अनुभवमा चितवनका सर्वसाधारण बिस्तारै मलकल्चरमा भिज्दैछन् । सुरु सुरुमा मलमा आउन आनाकानी गर्ने ग्राहकले अचेल बाहिर सामान किन्नै छाडेको उनले आफ्नो अनुभव सुनाए । ‘चौबिसकोठीका एक जना ग्राहकले त सुनेको व्यापारिक मल र भोगेको मलबीच आकाश जमिनको फरक रहेछ भनेर म सँगै भन्नुभयो,’ पौडेल आशावादी हुन्छन । पौडेल जस्तै ३५ वर्षदेखि तयारी पोसाकको व्यापार गर्दै आएका अर्का व्यापारी हरि भुजेल उक्त मलमा रहेको आफ्नो पसलको कारोबार बाट उत्साहित छन् । ‘सुरुमा त नयाँ ठाउँ के हो के जस्तो लागेको थियो । अहिले उत्साहजनक वातावरण छ । बाहिरका व्यापारीले सर्वसाधारणलाई मलका विषयमा नकारात्मक कुरा सुनाउने प्रयास पनि नगर्ने होइनन्, तर जब उपभोक्ताले सत्य थाहा पाउँछन् अनि उनीहरु अन्तजानै गाह्रो मान्छन् ।’ उनी भन्छन । ठूलामलको सजावट, अत्याधुनिक सेवा सुविधा, व्यापारीले प्रदर्शन गर्ने नम्र व्यवहार र बेला बेलामा आयोजना गरिने मनोरञ्जनात्मक गतिविधिले राजधानी लगायत उदीयमान सहरका सर्वसाधारणलाई क्रमशः आफूतिर आकर्षित गरिरहेका छन् । ठूलामलहरु किनमेल गर्नेका लागि मात्र नभएर फुर्सदको समय बिताउन चाहनेका लागि पनि आकर्षक गन्तव्य बन्न पुगेको छ । भरतपुरको सिजील्यान्डमार्कमा भेटिएका रामनगरका सन्तोष कार्कीले आफू फुर्सदको सदुपयोग गर्न त्यहाँ पुगेको बताउंँछन । ‘अन्त जस्तो सामान किन्नै पर्छ भन्ने रहेनछ । बरु सित्तैमा धेरै रमाइला कुरा अनुभव गर्न पाइयो,’ मलमा यता उता दौडिरहेका साना केटाकेटीलाई देखाउँदै उनले भने, ‘ल हेर्नुस् त ती केटाकेटीकति रमाएकारुअन्तभए यसरी रमाउन कहांँ पाउनु रु’ फिल्म हेर्न मन लागे हल, खाजा खान मन लागे रेस्टुरेन्ट र थरीथरीको रमझम सबै एकै ठाउँमा देख्दा आफूलाई निकै नौलो रमाइलो अनुभूति गर्छन उनी । व्यापारीक कम्प्लेक्सहरुले बेला बेलामा मनोरञ्जनात्मक कार्यक्रम गरेर सर्वसाधारणमा मल संस्कृति सिकाउने प्रयास गर्छन् । सिजी ल्यान्डमार्कले पनि सोही अनुरुप नयाँ वर्षमा भव्य कार्यक्रम गरेको र आगामी दिनमा पनि गर्दै जाने योजना बनाएको ल्यान्डमार्कको व्यवस्थापन हेरिरहेको बिल्डिङ म्यानेजमेन्ट कम्पनीका एक जना कर्मचारीले जानकारी दिए । अचेलका व्यापारीक कम्प्लेक्समा सबै सुविधा एकै ठाउँमा पाईन्छ । यसले पनि सर्वसाधारणलाई आकर्षित गरिरहेको मान्न सकिन्छ । विश्वविख्यातब्रान्डको सोरुम देखि सफा र स्वस्थ खाना सहितको सेवा दिने रेस्टुराँसम्म सिनेमा हलदेखि वातानुकूलित पसल सम्मको सुविधा ठूला व्यापारीक कम्प्लेक्सहरुका बिशेषता भित्र पर्दछन । सिजील्यान्डमार्कमा रहेको मल्टिप्लेक्स सिनेमा हल सिनेप्लेक्सका सञ्चालक गणेश श्रेष्ठ पनि उक्त सिनेमा हलले दर्शकबाट सोचे भन्दा बढी राम्रो प्रतिक्रिया पाइरहेको अनुभव सुनाउँछन् । व्यापारीक कम्प्लेक्सहरुमा धेरैजसो आउटलेट र सोरुम ब्रान्डेड सामानको हुने र त्यस्ता ठाउँमा सक्कली सामानको मात्र कारोबार हुने हुँदा मूल्य केही बढी जस्तो लाग्न सक्छ । तर गुणस्तरको ग्यारेन्टी हुने हुँदा ढुक्कले किनमेल गर्न सकिने त्यहाँ फेन्सी पसल सञ्चालन गरिरहेकी रोजिना श्रेष्ठको तर्क छ । ‘बाहिर देख्दा उस्तै तर, नक्कली सामान दिन्छन् अनि ग्राहकलाई यही सामान मलबाट यति मूल्यमा ल्याइदिनुभयो भने बिना पैसा दिन्छु भनेर भ्रम छर्छन ,’ उनी भन्छिन्, ‘अनि ग्राहकलाई हो कि झैं भन्ने विश्वास लाग्छ ।एक पटक मलमा पसेर किनमेल गरेपछि उनीहरुमा रहेको भ्रम हट्ने रहेछ ।’ आम ग्राहकले गुणस्तरीय र विश्वासीलो पसलको खोजी गर्दै भौतारिएका बेला भरतपुरमा रहेको शहरभित्रको शहर सिजी ल्याण्डमार्कले सबै उपभोक्ताको मन जित्न सकोस । शुभकामना ।
    २०७६ माघ ०५ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ ६, २०७६ सोमवार - ०१:४२:३४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology